May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

गगन थापा : अदालतलाई दवाबको परिणाम रेशमको आममाफी

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १५, २०८० १४:५९
गगन थापा : अदालतलाई दवाबको परिणाम रेशमको आममाफी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रेशम चौधरीलाई आममाफी दिएर सरकारले सर्वोच्च अदालतमाथि बलमिच्याइँ गरेको टिप्पणी गरेका छन् ।

सोमबार ललितपुरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले अहिले राजाको शासन नभएकाले कसैको हुकुम चल्न नहुने बताए । ‘आज सरकारलाई मन लाग्यो, सरकारले निर्णय गरिदियो, राष्ट्रपतिले सजाय मिनाहा गरिदिनुभयो’, उनले भने, ‘यो राजाको शासन होइन, यहाँ हुकुम चल्दैन । यो गणतन्त्र हो । गणतन्त्रमा केवल कानुन मात्रै चल्छ । कानुनको शासन मात्रै हुन्छ ।’

सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआउँदै हतारहतार निर्णय गरेको भन्दै उनले असन्तुष्टि जनाए । सरकार चलाउन केही गाह्रो भयो भनेर बलमिच्याँइ गरेर निर्णय गर्न नहुने भन्दै महामन्त्री थापाले भने, ‘अदालतको पूर्णपाठ आएको छैन । हामी हतार हतार निर्णय गर्छौं भने त्यसको अर्थ के हो ? हामीले अदालतलाई हेप्यौं । हामीले बलमिच्याइँ गरेको हो  । हामीले जे गरेपनि हुन्छ भन्ने सोच्यौं ।’

‘हामीलाई अफ्ठ्यारो परेको बेलामा यस्ता कुरा चल्छन् भन्ने सोच्यौं । तर नागरिकको ठाउँबाट हेर्दै गर्दा के देखिन्छ ? विधिको शासनको वकालत गर्दै गर्दा सरकार गए जान्छ, यस्ता सरकार गए जान्छन्, गएर केही पनि हुँदैन । अर्को सरकार बन्छ’ उनले भने ।
तर आफ्नै पार्टी कांग्रेस सत्ता र सरकारमा लिप्त हुन थालेको महामन्त्री थापाको टिप्पणी छ ।

सत्ता चाहिँदैन, सिद्धान्त प्यारो छ भनेर ३० वर्ष पञ्चायतसँग संघर्ष गरेको र ज्ञानेन्द्र शाहले गराएको निर्वाचनमा जान्न भनेको स्मरण गर्दै उनले भने, ‘त्यो कांग्रेसको इमेज अहिले के भयो ? कांग्रेसका लागि सरकार सबै कुरा हो । सत्ताका लागि हामी सबैथोक गर्छौं भन्ने इमेज बन्यो, आज निराशाको मूल कारण यही हो ।’

गल्ती जहाँबाट भएको सच्याउने काम त्यहीँबाट गर्नुपर्ने भन्दै उनले त्यसका लागि लड्ने बताए ।

साथै कांग्रेसले कहिल्यै चुनावअघि गठबन्धन नगर्ने बताए । ‘अरु बैठकमा फरक मत राखियो, पार्टीको बहुमतको निर्णय भनेर मानियो तर अब मानिन्न, लडिन्छ,’ कांग्रेस महामन्त्री थापाले भने, ‘जनता र पार्टीका सदस्यसँग माफी माग्दै कांग्रेसले घोषणा गर्छ, अब चुनाव हारे हारिन्छ, तर चुनावअघि कहिल्यै गठबन्धन गर्दैन । सडकमा बस्नुपरे बस्नुपर्ला । तर गल्ती गर्दैन ।’

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १५, २०८० १४:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।