May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

जम्मु नजिकको पुलबाट बस खस्दा १० जनाको मृत्यु, ५५ घाइते

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ १६, २०८० ११:४१
जम्मु नजिकको पुलबाट बस खस्दा १० जनाको मृत्यु, ५५ घाइते

काठमाडौँ – भारतको जम्मु-श्रीनगर राजमार्गअन्तर्गत जम्मुको कटराबाट १५ किलोमिटर टाढा झज्जर कोटली नजिकको पुलबाट खसेर बस दुर्घटना भएको छ।

मंगलबार बिहान भएको उक्त दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने करिब ५५ जना घाइते भएको द टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ।

त्यहाँस्थित सञ्चारमाध्ययमका अनुसार यतिबेला स्थानीय बासिन्दा, सीआरपीएफ र एसडीआरएफले घटनास्थलमा मानिसहरूको उद्धार गरेको छ।

बस अमृतसरबाट वैष्णोदेवी जाँदै थियो। जसमा ७५ यात्रु सवार थिए। सबै यात्रु बिहारका हुन्।

दुर्घटनामा भएका घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ भने अन्यको अवस्था सामान्य छ।

गम्भीर घाइतेलाई जिएमसी जम्मुमा भर्ना गरिएको छ। अन्य घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बताइएको छ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ १६, २०८० ११:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।