December 11, 2023 | सोमवार, मंसिर २५, २०८०
सुचनाहरु
जंकफुड निषेधगरी स्कुलले ६ दिनमा ६ थरि खाजा खुवाउने १८ वर्षीय युवकद्वारा ‘१७ लाख ठगी” मिसन ०८४ को पछि लागेर देश बिग्रियो : गुरुङ सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ मिति तोकियो विदेश राज्यमन्त्रीसंग विपीन जोशीको रिहाइका निम्ति अनुरोध गर्दै परराष्ट्रमन्त्री साउद अब आन्दोलन नै गर्नुपर्छ : कमल थापा विकासको काममा सरकारको ध्यान नै छैन : ओली बबरमहलको ट्राफिक लाइट बनाइयो अन्तर्राष्ट्रिय उडान माग गर्दै आन्दोलनसहित-धर्ना तारमा छोइएको बाँसलाई समाउँदा हवल्दारको मृत्यु अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली भेटेपछि… संक्रमणकालीन न्यायलाई छिट्टै टुंगोमा पुर्याउँछु : प्रधानमन्त्री संसद्‌मा सिद्धान्तअनुसार प्रतिनिधित्व फितलो : आयोग आगलागीले ४ जनाको मृत्यु, २ सयको उद्धार उडिरहेको जहाजबाट एक्कासि ढोकाको सिसा झरेपछि… इरानद्वारा १३ हजार अफगान निष्कासन बलिङमा नेपालको उत्कृष्ट सुरुआत सन्दीपको मुद्दा न्यायाधीश पाण्डेयको इजलासको १ नम्बरमा एनसेल ओपन गल्फमा बाबु शेर्पाले जिते उपाधि अफगानिस्तानविरुद्ध फिल्डिङमा नेपाल

बाघले १ जनालाई मार्यो…झम्टेको देख्दा २ जना बेहोस

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १५:२0
बाघले १ जनालाई मार्यो…झम्टेको देख्दा २ जना बेहोस
  • घाँस, दाउरा ल्याउन जंगल छिरेकी एक महिलाको मृत्यु
  • बाघले झम्टेर लछारपछार गरेको देखेर २ जना बेहोस
  • वडा नम्बर ३ जहाँ बाघ र हात्तीको आक्रमणबाट धेरैले ज्यान गुमाए

बर्दिया ।।

घाँस, दाउरा ल्याउन जंगल छिरेकी एक महिलाको मृत्यु भएको छ भने उक्त घटना आफ्नै आँखा अघाडी देखेर दुई महिला डरले बेहोस भएका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) तुलसीराम अर्यालले दिएको जानकारी अनुसार बाघको आक्रमणमा २५ वर्षीया ममता सुनारको मृत्यु भएको हो भने सँगै घाँस दाउरा लिन गएका दुई महिला सो घटनालाई देखेर बेहोस भएका हुन् । घटना आइतबार, मंसिर ३, २०८० गते करिब १२:३० दिउँसो राजापुर नगरपालिका -१० सुकुम्बासी वस्ती नजिक रहेको वनमा भएको हो ।

आफ्नै आँखा अगाडि सँगै गएको साथीलाई बाघले झम्टेर लछारपछार गरेको देखेर बेहोस भएका दुई महिलाको राजापुरकै अस्पतालमा उपचार गरिएको डिएसपी अर्यालले जानकारी दिनुभयो । जिविकोपार्जन गर्न बाध्यताले स्थानीयहरू जंगल पस्नुपर्ने बाध्यता छ । विपन्न वर्गका स्थानियहरू प्राय घाँस दाउरा गर्न जाँदा, साँझको छाक टार्न निउरो साग टिप्न जाँदा, गाई भैँसीको गोठालो जाँदा बाघको आक्रमणमा पर्ने गरेका छन् । स्थानियलाई हात्ती बाघबाट बचाउन तारजाली लगाएर सामान्य झट्का दिने उपकरण राख्न केन्द्र र प्रदेशबाट बजेट आएपनी वन कार्यालयकै कर्मचारीले रकम झ्वाम पार्ने गरेको धेरै उदाहरणहरू छन् ।

मधुवन नगरपालिका वडा नम्बर ३ जहाँ बाघ र हात्तीको आक्रमणबाट धेरैले ज्यान गुमाए त्यहाँ सरकारले बिजुलीको झट्का दिने उपकरण सहितको मेसवायर जाली लगाउन करोडौँ रुपैयाँ पठाएको छ तर वन कार्यालयका केही कर्मचारीको लालच र भ्रष्ट मनोवृत्तिका कारण उपभोक्ता समिती गठन गरेर जाली त लगाइएको छ तर मुख्य झट्का दिने उपकरण नकिनेर मिलोमतोमा पैसा जति झ्वाम पारिएको छ । जसका कारण हात्तीले आफ्नो सुँडले ती जाली भत्काएर सजिलै गाउँ पस्छन । सिधा भन्दा जति मानिसको मृत्यु भएको छ तिनिहरूको ज्यान हात्ती र बाघले नलिएर २-४ जना भ्रष्ट पिपाशुका कारण भएको छ । मानव वन्यजन्तु द्वन्द्व न्युनिकरणका नाममा आएका पैसा जति केही कर्मचारीले झ्वाम पार्ने गरेका छ्न । त्यस्ता वन कर्मचारीको नाम सबुत सहित केही समयमै सार्वजनिक गरिनेछ ।

 

 

 

 

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १५:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।