April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

सन्दीपको मुद्दा न्यायाधीश राईको इजलासमा, आज होला त फैसला?

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ १६, २०८० १२:0३
सन्दीपको मुद्दा न्यायाधीश राईको इजलासमा, आज होला त फैसला?

काठमाडौँ । राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको बलात्कार मुद्दाको फाइनल चरणको बहसका लागि मंगलबार पेशी तोकिएको छ।

जिल्ला अदालत, काठमाडौँले आजका लागि तोकेको बहस न्यायाधीश शंकरबहादुर राईको इजलासमा परेको छ। अन्तिम सुनुवाइ हुन लागेको उक्त मुद्दाको पेशी तीन नम्बरमा परेको छ।‍

पटक-पटक फाइनल चरणको बहसका लागि पेशी तोकिएपनि निरन्तर सुनुवाइ हुन नसक्दा मुद्दाले अन्तिम किनारा पाउन सकेको छैन। आजपनि फाइनल चरणको बहस हुन नसके सन्दीप दक्षिण अफ्रिका टुरमा जाने छैनन्।

सर्वोच्च अदालतले गत १५ फागुनमा नै काठमाडौँ जिल्ला अदालतलाई शीघ्र सुनुवाइ (फास्ट ट्र्याक) तथा निरन्तर सुनुवाइ (कन्टिनियस हेयरिङ)का प्रक्रिया अबलम्बन गरी छिटो कारबाही किनारा गर्नू भनी दिएको आदेशको तीन महिना पूरा हुँदापनि मुद्दाले किनारा पाउन सकेको छैन।

पछिल्लो पटक गत ७ जेठमा परेको पेसीमा न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा फाइनल चरणको बहस हुन सकेन।

न्यायाधीश पराजुलीले उमेरमा विवाद देखिएको भन्दै जन्मदर्ता प्रमाणपत्रहरूमा पीडितको जन्ममिति फरक परेको भन्दै जन्मदर्ता किताबको सक्कल यथाशीघ्र पठाउन आदेश दिए।

साथै नारायणी अस्पताल वीरगञ्जबाट प्राप्त भएको जन्मदर्ता रेकर्ड स्पष्ट नबुझिएको भन्दै सक्कल किताब प्रमाणका लागि झिकाउन आदेश दिएका थिए। सोही आदेश अनुसार उक्त डकुमेन्टहरू अदालत आइपुगेको छ।

त्यसअघि गत १९ वैशाखमा मुद्दाको पेशी न्यायाधीश दीपक ढकालको इजालासमा परेको थियो। जहाँ सरकारी पक्षका वकिलहरूले ४ घण्टा बढी बहस गरिसकेका थिए।

न्यायाधीशले इजलासमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर निरन्तरता दिनुपर्ने आमचलन रहँदै आए पनि न्यायाधीश दीपक ढकालले मुद्दा हेर्दाहेर्दैमा नराखी हेर्न नभ्याइनेमा राखेपछि पुन: फाइनल चरणको बहस भएको छैन।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ १६, २०८० १२:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट