May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

लिभिङ टुगेदर सम्बन्धमा बसेको महिलाको प्रेमीबाटै हत्या

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ १६, २०८० १२:0९
लिभिङ टुगेदर सम्बन्धमा बसेको महिलाको प्रेमीबाटै हत्या

जनकपुरधाम ।  सप्तरीमा लिभिङ टुगेदर सम्बन्धमा बसेका पुरुषबाटै महिलाको हत्या भएको छ। श्रीमान्‌को मृत्युुपश्चात् अन्य पुरुषसँग लिभिङ टुगेदर सम्बन्धमा बस्दै आएकी सप्तरीको बलान बिहुल गाउँपालिका ५ घर भई राजविराज नगरपालिका ४ बजरंग चौकमा भाडा लिएर बस्दै आएकी ४१ वर्षीया सोनिता देवी यादवको हत्या आरोपमा प्रेमी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

हत्या आरोपमा राजविराज(६ पुर्णीपोखरी टोल बस्ने ४२ वर्षीय शंकर शर्मा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए।

प्रवक्ता सिंहका अनुसार मृतक र आरोपित दुबैजना लिभिङ टुगेदर सम्बन्धमा थिए।
शर्माले सोनिताको अरु व्यक्तिसँग सम्बन्ध रहेको आशंकामा हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार घटनाको दिन बैशाख २३ गते साँझ शर्मा सोनिता बस्दै आएको भाडाको घरमा गएका थिए। सोनिताको अन्य व्यक्तिसँग सम्बन्ध रहेको शंका शर्मालाई रहेकोमा सोही दिन दिउसो सोनिताले राजविराज वजारमा कोही केटासग गफ गरीरहेको देखेका थिए।
दुबैजना बिच विवाद हुँदा हल्ला भएको सुनेर घरधनी शान्ति साह उनीहरुको कोठामा आउँदा लेनदेनको विषयको विवाद रहेको भन्दै घरधनीलाई पठाएका थिए।

पुनः राती करीव १०र११ बजेको समयमा सोनिताको लागी धेरै रकम खर्च गरेको, अहिले आएर उनी अरु कोहीसंग लागेको, आफुसंग टाढा हुदै गएको जस्तो महसुस भएपछी पुनः दुबैजना बिचमा विवाद सुरु भएको थियो। विवादकै क्रममा शर्माले राती २र३ बजे तिर, मेरो पैसा, जिन्दगी सवै वर्वाद पारीस भन्दा सोनिताले आफ्नो सलले आफैले घाटीमा वेरी म मरीदिन्छु भनी धम्काउन थालेको प्रहरीको अनुसन्धानबाट खुलेको हो।

त किन मर्छेस, मै मारी दिन्छु भनी सोनितालाई शर्माले धकेलेपछि सोनिता खाटको किनारामा ठोकिएर अनुहारमा चोट लागगेपछी शर्माले उठाएर खाटमा राखी घाटीमा बेरिएको सललाई जोडले कसेर हत्या गरेका थिए।

करिब १० मिनेटपछि सोनिताको मृत्युु भएपछि सोनिताले कानमा लगाएको मुन्द्रा र मोवाइल लिएर फरार भएका थिए।

घटनाको अर्को दिन दिउँसो शर्मा नेपालको सिमाना नजिकको भारतीय भूमी अन्डामड एरियामा गएर मृतकको मोवाइल प्रयोग गरी राजविराज – ६ बस्ने दिदिलाई घटनाको वारेमा वताई गएर हेर्न अह्राएका थिए। तर गएर हेर्न अस्वीकार गरेको प्रवक्ता सिंहले बताए।
अनुसन्धानको क्रममा शर्मालाई बैशाख २६ गते तिलाठी कोईलाडी – १ को एरियामा लुकीछिपी भाग्दै गरेको अबस्थामा पक्राउ गरिएको हो।

प्रहरीले शर्माको साथबाट मृतकको मोवाइल र कानमा लगाउने सुनको जस्तो देखिने मुन्द्रा समेत वरामद गरेको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ १६, २०८० १२:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट