April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

पूर्वराष्ट्रपति ट्रम्पले गरे जेलभित्रै आत्मसमर्पण

  • साझा परिवेश
  • शुक्रबार, भदौ ८, २०८० ११:३८
पूर्वराष्ट्रपति ट्रम्पले गरे जेलभित्रै आत्मसमर्पण
  • डोनाल्ड ट्रम्पले जर्जियाको फुल्टन काउन्टीस्थित जेलमा गरे आत्मसमर्पण 
  • उनी दुई लाख डलर जमानतमा रिहा भए 
  • ट्रम्पले अदालत वा संघीय अधिकारी सामु आत्मसमर्पण गरेको यो चौथोपटक
  • लगाइएका सबै आरोपको ट्रम्पले खण्डन पनि गरे 
  • आरोपहरू राजनीतिक प्रेरित भएको र आफू निर्दोष भएको बताए 

काठमाडौं ।।

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाको फुल्टन काउन्टीस्थित जेलमा आत्मसमर्पण गरेका छन् । सन् २०२२ को चुनावमा हार्ने निश्चित भएपछि नतिजा उल्टाउने कोसिस गरेको आरोप लागेपछि ट्रम्पले आत्मसमर्पण गरेका हुन् । औंठा छाप लिने लगायतका प्रक्रिया पूरा गरेर उनी दुई लाख डलर जमानतमा रिहा भइसकेको बीबीसीले जनाएको छ ।

जेलमा प्रहरीको रेकर्डमा राखिने ट्रम्पको आधिकारिक तस्वीर (मगशट) समेत जारी भएको छ । ट्रम्पको मगशट सार्वजनिक भएको यो पहिलो पटक भएको बीबीसीले जनाएको छ । उक्त मगशट ट्रम्पले ट्वीट गरेका छन् । सन् २०२१ को जनवरी ८ पछि उनले ट्वीट गरेको यो पहिलो पटक हो ।

ट्रम्पले अदालत वा संघीय अधिकारी सामु आत्मसमर्पण गरेको यो चौथोपटक हो । यसअघि पनि आपराधिक मामलामा मुद्दा चलेपछि उनले तीनपटक आत्मसमर्पण गरेका थिए । अमेरिकी मिडियाहरुका अनुसार सन् २०२३ भन्दा अगाडिसम्म अमेरिकामा पूर्वराष्ट्रपतिमाथि यसप्रकारको घटना भएको थिएन ।

ट्रम्पले भने आफूमाथि लगाइएका सबै आरोपको खण्डन गर्दै आएका छन् । जमानतमा रिहा भएर जर्जियाबाट फर्किने क्रममा पनि उनले आफूमाथि लगाइएका आरोपहरू राजनीतिक प्रेरित भएको र आफू निर्दोष भएको बताए ।

  • साझा परिवेश
  • शुक्रबार, भदौ ८, २०८० ११:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।