May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

गुरुप्रति सम्मान गर्दै आज पुर्णिमा मनाइँदै

  • साझा परिवेश
  • सोमवार, असार १८, २०८० १0:२७
गुरुप्रति सम्मान गर्दै आज पुर्णिमा मनाइँदै
  • गुरुजनप्रति सम्मान स्वरुप यो पर्व मनाइदै ।
  • अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तिलाई गुरु भनिने गरिन्छ ।

काठमाडौं ।।

आज असार ९ गते (शनिबार) आषाढ शुक्ल पूर्णिमाका दिन गुरु पूर्णिमा पर्व मनाइँदैछ । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान स्वरुप यो पर्व मनाइदै आएको छ ।

‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउनेलाई गुरु भन्ने विभिन्न शास्त्रमा उल्लेख छ । सामान्यतया अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तिलाई गुरु भनिने गरिन्छ ।

गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरका रुपसमेतमा मानिने गरेको छ । फलस्वरुप आज यो मन्त्रोच्चारण गरिने गरिन्छ ।
गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुदेवो महेश्वरः ।

गुरुः साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमः ।।

माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ । गुरु पूर्णिमाका दिन विद्यालयमा विभिन्न कार्यक्रम हुने गरेको थियो । तर यो वर्ष कोरोना महामारीका कारण त्यसो हुन सकेन । तथापी कतिपय ठाउमा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पुरा गरेर व्यक्तिगत दुरी कायम गरेर पनि यो पर्वलाई मनाईने छ ।

  • साझा परिवेश
  • सोमवार, असार १८, २०८० १0:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।