May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

कीर्तिमानी बुढामगरलाई माओवादीको सम्मान

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ १६, २०८० १३:२५
कीर्तिमानी बुढामगरलाई माओवादीको सम्मान

काठमाडौं । दुवै खुट्टा गुमाएर पनि सगरमाथाको कीर्तिमानी आरोहण गर्न सफल रोल्पाका हरि बुढामगरलाई नेकपा माओवादी केन्द्रले सम्मान गरेको छ । मंगलबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले बुढामगरलाई सम्मानपत्रसहित खादा ओढाएर सम्मान गरेका हुन् ।

महराले अपांगता भएका व्यक्तिहरुको टिम नै बनाएर विश्व शान्तिको अभियान सुरु गर्ने योजनामा रहेका बुढामगरलाई पार्टीले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए ।

‘उहाँहरु एउटा ठूलो शान्तिको मिशनमा हुनुहुन्छ । अपांग भएका व्यक्तिहरु खोजेर एउटा टिम बनाएर विश्वव्यापी रुपमा शान्तिको अभियान छेड्न चाहनु हुन्छ । त्यसको निमित्त हाम्रो तर्फबाट, हाम्रो पार्टीको तर्फबाट म आफैं पनि माओवादी जनयुद्धबाट शान्ति प्रक्रियाको मिशनमा लागेका व्यक्तिको हैसियतले सहयोग गर्न तयार छु,’ महराले भने ।

कार्यक्रममा बुढामगरले अपांगताको क्षेत्रमा जागरण ल्याउन आफूले सगरमाथाको आरोहण गरेको जानकारी दिए । अपांगता भएका व्यक्तिहरुलाई दया र माया भन्दा पनि अवसर र मौका दिन उनले आग्रहसमेत गरे ।

बेलायती सेनामा कार्यरत अफगानिस्तानमा खटिएको बेला विद्रोहीको एम्बुसमा परेर दुवै खुट्टा गुमाएका बुढामगरले यही जेठ ५ गते सगरमाथाको सफल आरोहण गरेका थिए ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ १६, २०८० १३:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।