May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै

शरणार्थी प्रकरणका तीनजनाको आज बयान

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ १६, २०८० १३:५३
शरणार्थी प्रकरणका तीनजनाको आज बयान

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा तीन अभियुक्तको बयान सुरु भएको छ । अदालतका सूचना अधिकारी दीपक दहालका अनुसार मंगलबार इन्द्रजीत राई, सन्देश शर्मा र महेन्द्र केसीको बयान सुरु भएको हो ।

यी तीनको बयान छुट्टा-छुट्टै सुरु गरिएको उनले जानकारी दिए । यसअघि, आइतबार सन्दीप रायमाझी, टंक गुरुङ र लक्ष्मी महर्जनको बयान भएको हो । त्यस्तै, गत शुक्रबार केशवपरसाद दुलाल र सागर राईको बयान भएको थियो ।

आज तीनजनाको बयान सकिएमा कुल आठको बयान सकिनेछ । पक्राउ परेका अन्य नौ अभियुक्तको बयान पनि यहि हप्ता सकाउने तयारी रहेको दाहालले बताए । उनले भने, “यो हप्ता बयान सकिएमा अर्को आइतबारदेखि थुनछेक बहस सुरु हुनेछ । थुनछेक बहस पनि न्यायाधीश न्यौपानेकै इजलासमा हुनेछ ।“

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लाने भन्दै विभिन्न कसुरमा ३० विरुद्ध गत बुधबार मुद्दा दर्ता भएको थियो । ठगी, किर्ते, राज्यविरुद्धको अपराध, एकीकृत कसुर र‌ संगठित अपराधको अभियोगमा मुद्दा दर्ता भएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ १६, २०८० १३:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।