May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ?

शल्यक्रिया गर्दा गर्दै डाक्टरले बिरामीलाई मुक्का हानेपछि…

  • साझा परिवेश
  • आइतवार, पुस ८, २०८० १४:५७
शल्यक्रिया गर्दा गर्दै डाक्टरले बिरामीलाई मुक्का हानेपछि…
  • अस्पतालमाथि छानबिन शुरु 
  • एक जना डाक्टरले बिरामीमाथि मुक्का हानेपछि 
  • माफी माग्दै डाक्टरले पीडितलाई ५०० येन क्षतिपूर्ति दिए 
  • सीसीटीभी फुटेज शेयर गरेपछि भिडियो भाइरल

पेचिङ ।

चिनिया अधिकारीहरुले अहिले एउटा अस्पतालमाथि छानबिन गरिरहेका छन् । शल्यक्रिया गरिरहेको बेलामा एक जना डाक्टरले बिरामीमाथि मुक्का हानेको घटनालाई लिएर अस्पताल अनुसन्धानको दायरामा आएको थियो । यो भिडियो क्लिप यही हप्ता सामाजिक सञ्जालमा आगो झैं फैलिएको थियो । यस भिडियोप्रति अनलाइनमा व्यापक आक्रोश देखियो ।

अस्पतालको माउ समूह एइअर चाइनाले ती सर्जनलाई निलम्बित गरिदिएको छ । अस्पतालको प्रमुख कार्यकारी अधिकारी (सीईओ)लाई पनि बर्खास्त गरेको छ । यो घटना सन् २०१९ को भएको बताइएको छ । आँखाको अपरेशन गर्दा सर्जनले बिरामीको टाउकोमा कम्तीमा तीन पटक मुक्का हानेको भिडियोमा देखिन्छ । एइअर चाइना आँखा अस्पतालको चेन सञ्चालन गर्छ । यो घटना दक्षिणपश्चिम चिनियाँ शहर कुईकाङको एउटा अस्पतालको हो । बिरामी ८२ वर्षीय महिला थिइन् ।

लोकल एनेस्थेसियाका कारण शल्यक्रिया भइरहँदा बिरामी चलिरहिन् । उनले आफ्नो टाउको चलमलाइन् अनि आँखा पनि धेरै पटक डुलाइन् । बिरामीलाई स्थानीय भाषा मात्रै बोल्न आउँथ्यो । डाक्टरले मन्दारिनमा दिएको चेतावनी उनले बुझिनन् । यस घटनामा बिरामीको निधारमा चोट लागेको स्थानीय अधिकारीहरुले बताएका छन् । यो घटनापछि अस्पताल व्यवस्थापनले माफी माग्दै पीडितलाई ५०० येन क्षतिपूर्ति दिएको बताइएको छ । अहिले ती वृद्धाले बायाँ आँखाले केही पनि देख्दैन ।

उनको आँखा सोही घटनाका कारण अन्धो भएको हो कि होइन भन्ने चाँहि स्पष्ट छैन । यो घटनाबारे आफूले मुख्यालयमा जानकारी दिन नसकेको एइएर चाइनाले भनेको छ । बिहीबार कम्पनीले यो घटना घटेको अस्पतालका सीईओलाई बर्खास्त गरेर सर्जनलाई निलम्बित गरेको छ ।  ती डाक्टर अस्पतालको डिन समेत भएको बताइएको छ । घटना सन् २०१९ को डिसेम्बरको भएपनि यो हप्ता चीनका चर्चित डाक्टर एई फेनले सर्जरीको सीसीटीभी फुटेज शेयर गरेपछि भिडियो भाइरल भएको थियो ।

  • साझा परिवेश
  • आइतवार, पुस ८, २०८० १४:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।