April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि

प्रधानमन्त्री भारत जानुअघि गरे संकल्प

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ १६, २०८० १४:३0
प्रधानमन्त्री भारत जानुअघि गरे संकल्प

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा सकेसम्म राम्रो गर्न कोसिस गर्ने बताएका छन् । नभए नराम्रो चाहिँ नगर्ने उनले बताए ।

माओवादी सल्लाहकार समिति र जेष्ठ कम्युनिस्ट मञ्चको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गर्दै माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले भविष्यसम्म जनताले सम्झिने केही काम होस् भन्ने चाहनाका साथ भोलि भारत जान लागेको बताए ।

ठूलो बजारको सुनिश्चितता नहुँदा नेपालको विद्युतमा ठूलो लगानी आउन नसकेको भन्दै उनले बजार सुनिश्चित गर्ने सम्भावना रहेको बताए । बंगलादेशसम्म नेपालको विद्युत व्यापारको बाटो खोल्न सके भविश्यसम्म सम्झने काम हुने उनको भनाइ छ । उनले अघि भने, ‘पञ्चेश्वर २६ वर्षदेखि रोकिएर बसेको छ । त्यसलाई मात्र ठिक ढंगले खुलाउन सक्ने हो भने राम्रो गर्छ ।’

ट्रेड एण्ड ट्रान्जिट सन्धिलाई टुंगोमा पु¥याउने, सीमा विवादको समाधान खोज्ने लगायतका एजेण्डा पनि रहेको उनले बताए । राम्रो गर्न बल गर्ने, सकिएन भने नराम्रो चाहिँ नगर्ने आफ्नो नीति रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले लिएको संकल्प यत्ति हो भोलि राम्रो गर्न सकिए ठीक छ, सकिएन भने नराम्रो गरेर चाहिँ नआउने ।’

 

 

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ १६, २०८० १४:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।