काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ भारत प्रस्थान गरेका छन् । बुधबार उनी चारदिने भ्रमणका लागि भारततर्फ लागेका हुन् ।
उनलाई त्रिभुवन विमास्थलबाट बिदाइ गरिएको थियो ।
भारत रहँदा प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्चस्तरीय भेट हुने छ । प्रधामन्त्री शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।