May 17, 2024 | शुक्रबार, जेष्ठ ४, २०८१
सुचनाहरु
केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द प्रधानमन्त्री दाहालले चौथो पटक सोमबार विश्वासको मत लिने काठमाडौं उपत्यकामा तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने

मन्दीको असर पर्यटनमा

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ १८, २०८० १0:५४
मन्दीको असर पर्यटनमा

पोखरा । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) को वार्षिक शिखर सम्मेलनमा विश्व पर्यटन बजारमा देखिएको आकर्षण र विश्वमा उत्पन्न आर्थिक मन्दीले पर्यटन क्षेत्रमा पार्ने प्रभावबारे विशेष छलफल भएको छ ।

पोखरामा मङ्गलबारदेखि सुरु भएको प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) को वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर मार्ट–२०२३ को उद्घाटन समारोहका सहभागीबीच छलफल भएको हो । सम्मेलनमा सहभागी राष्ट्रका प्रतिनिधिले कोभिडपछि विश्व पर्यटन बजार नै प्रभावित

भएको र छलफल सुधारका लागि प्रभावकारी हुने विश्वास लिएका छन् ।

पोखरामा चार दिनसम्म चल्ने सम्मेलनमा नेपालसहित २१ देशका २५० भन्दा बढी प्रतिनिधिले भाग लिएका छन् । एसिया प्रशान्त क्षेत्रका ट्राभल सङ्घ संस्थाको छाता संंस्था पाटाको सम्मेलन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन बोर्ड तथा पाटाको मुख्य आयोजना एवं पोखरा पर्यटन परिषद्को संयोजनमा भएको हो ।

नेपालमा पहिलो पटक आयोजना भएको यो सम्मेलनले कोरोना महामारीले थलिएको पर्यटन क्षेत्र उकास्नुका साथै नेपाललाई साहसिक पर्यटकीय गन्तव्यका रूपमा चिनाउन सघाउने अपेक्षा गरिएको छ । अमेरिका, बेलायत, जर्मनी, अस्टे«लिया, नेदरल्यान्ड, स्विट्जरल्यान्ड, फिलिपिन्स, सिङ्गापुर, कोरिया, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, भारत, पाकिस्तान, श्रीलङ्का, चीन, हङकङ, थाइल्यान्ड, ताइपेई, अजरबैजान, मलेसिया, नेपाललगायतका २१ देशका प्रतिनिधि सहभागी छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल प्रकृति, संस्कृति र साहसिक पर्यटनका लागि राम्रो गन्तव्य भएको बताउनुभयो । सम्मेलनले नेपालको पर्यटनलाई थप चलायमान बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ । उहाँले पोखरामा निर्माण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई कनेक्टिभिटीका लागि आआफ्ना देशमा पहल गर्न पनि पाटा प्रतिनिधिलाई आग्रह गर्नुभयो ।

उद्घाटनमा बोल्दै माल्दिभ्सका पर्यटनमन्त्री डा अब्दुल मौसुमले पोखरा साहसिक पर्यटनको राम्रो गन्तव्य भएको बताउनुभयो । उहाँले हिमाल र समुद्रबीचको पर्यटनलाई जोड्न नेपाल र माल्दिभ्सले मिलेर काम गर्न सक्ने बताउनुभयो । पाटा इन्टरनेसनलका अध्यक्ष पिटर साइमोनले नेपालमा आयोजना गरिएको यो पाटा मार्टले समग्र पर्यटनका बारेमा सकारात्मक सन्देश दिने विश्वास व्यक्त गर्नुभयो ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा साहसिक पर्यटनको केन्द्र भएको बताउँदै अन्तर्राष्ट्रिय समुदायलाई पोखरा भ्रमण गर्न आग्रह गर्नुभयो । नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य मदन आचार्यले पाटाले प्रकृति र संस्कृतिको धनी पोखरामा आयोजना गरेको यस कार्यव्रmमले नेपाल र पोखराको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने बताउनुभयो । पाटा इन्टरनेसनलका सचिव सुमन पाण्डेले पाटा इन्टरनेसनलले नेपालको समग्र पर्यटन विकासमा लामो समयदेखि सहयोग गर्दै आइरहेको बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले विभिन्न देशबाट सहभागी विज्ञ सदस्यबीच हुने छलफल तथा अन्तर्वि्रmयासहितको पाटा मार्टले पर्यटनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, सम्मेलनमा कोभिड–१९ पछिको पर्यटन र पर्यटनका विभिन्न आयामका बारेमा प्यानल डिस्कसन तथा ‘बिटुबी’ लगायतका कार्यव्रmम हुने छन् । सम्मेलनमा दिगो पर्यटन, सङ्कट व्यवस्थापन, हवाई सुरक्षा, सामाजिक सञ्जाल, साहसिक र पर्वतीय पर्यटनलगायतका विषयमा छलफल हुने बताइएको छ ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ १८, २०८० १0:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।