April 17, 2025 | बिहिबार, बैशाख ५, २०८२
सुचनाहरु
विमानस्थलमा एक युवालाई दुर्व्यवहार गर्ने प्रहरिमाथी छानबिन सुरु   माइतीघरमा नाराबाजी गरेका अमेरिकी नागरिक फर्किए आफ्नै देश  नाबालिग जोडीबीच सहमतिमा भएको सम्बन्ध जबरजस्ति करणी नहुने कवाडी संकलक कुट्ने काठमाडौ महानगरका नगरप्रहरीको गयो जागिर  “रुटिन अफ नेपाल बन्द” लाई सुचना आयोगले माग्यो लिखित जवाफ सुनिता डङ्गोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडरमा छनोट, के भन्छिन्? कालीगण्डकीमा नुहाउन गएकी बिण्णुको खोलाले बगाएर गयो ज्यान  २ महिनापछि सकुल भेटिईन् महाकुम्भमा हराएकी रोशनी  घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य, कति पुग्यो?  २ बर्षदेखि घाइते कप्तान सिद्धान्त लोहनीको उपचारमा क्यानले देखाएन चासो  फेरि आयो सलमान खानलाई मार्ने धम्की १ बर्षमा २ लाख भन्दा बढिले गरे पाथिभरा माताको दर्शन कक्षा १२ को परिक्षा वैशाख ११ देखि, तर शिक्षक सहभागी नहुने आजदेखि नयाँवर्ष २०८२ सुरु, यसरी सुरुवात गर्नुहोस् नयाँ बर्षको अमेरिकाबाट थप ५ नेपाली निकालिए  तीनकुनेको घरमा आगजनी गर्ने यी दुई युवा पक्राउ  अब प्रहरीहरुले  राजीनामा दिन नपाउने, यस्तो छ कारण  आमाको किरिया बसिरहेका बेला छोराले पनि फेरे अन्तिम सास  तीनकुने घटनाबारे पहिलो पटक बोले पुर्वराजा शाह, के भने?  ओलि दमक आएका बेला रास्वपाले कालो झन्डा देखाएर गर्‍यो विरोध प्रदर्शन

अर्थ मन्त्रालयले करमा स्पष्ट पारेपछि उच्च अंकले बढ्यो नेप्से

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २१, २०८० १३:0७
अर्थ मन्त्रालयले करमा स्पष्ट पारेपछि उच्च अंकले बढ्यो नेप्से

 काठमाडौं । अर्थ मन्त्रालयले नै प्राकृतिक व्यक्तिले तिर्ने ५ र ७.५ प्रतिशत पूँजीगत लाभकर अन्तिम कर हुने बताएपछि सेयर बजारमा हरियाली छाएको छ । आइतबार सेयर लगानीकर्ताहरु ब्रोकरको कार्यालयमा टीएमएस खुला नगर्न चेतावनी दिएर कारोबार बन्द गराई अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफलका लागि मन्त्रालय गएका थिए । छलफलमा धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल र आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनाली सहितको उपस्थिति रहेको थियो । छलफलमा प्राकृतिक व्यक्तिले तिर्ने पूँजीगत लाभकर नै अन्तिम कर हुने सहमति भएको हो ।

आर्थिक विधेयक २०८० मा आएको ३ वर्षको आय विवरण दाखिला गरी कर तिर्दा ५० प्रतिशत छुट र त्यसअगाडिको सबै छुट हुने व्यवस्था कार्यान्वयन नगर्ने सहमति भएर मन्त्रालयको राजस्व महाशाखाले सूचना प्रकशित गरेको छ । सहमतिपछि कारोबार सुरु भएको बजारमा बजार परिसूचक नेप्सेमा उच्च अंकको वृद्धि भएको छ । यो समाचार तयार गर्दै गर्दा १२ बजर ५९ मिनेटसम्म नेप्से ३४.४१ अंकले वृद्धि हुँदा १९००.७६ अंकमा छ । १५ जेठमा आर्थिक विधेयक आएपछि १६ जेठमा ५३ अंक र १७ जेठमा करिब ३९ अंकको गिरावट भएको नेप्से १८ जेठमा भने १६.५५ अंकको वृद्धि भएको थियो ।

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २१, २०८० १३:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट