May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

काँकरभिट्मा सशस्त्र प्रहरी र महिला व्यापारीबिच हात हालाहाल

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २१, २०८० २१:४८
काँकरभिट्मा सशस्त्र प्रहरी र महिला व्यापारीबिच  हात हालाहाल

झापा । झापाको काँकरभिट्टा स्थित मेची भन्सार नाकामा आज स्थानिय महिला व्यापारीहरुले सशस्त्र प्रहरी विरुद्ध प्रदर्शन गरे । सशस्त्र प्रहरीले भन्सार नगरी सानो परिमाणमा भारतबाट नेपालमा सामान ल्याउन नदिएको भन्दै महिलाहरुले प्रदर्शन गर्दा पूर्वी नाकाको स्थिती दिनभर तनावग्रस्त बनेको हो ।

काँकरभिट्टा, धुलाबारी, चारअलाी, सुरुङ्गा तथा दमक उर्लाबारी लगायतका ठाँउहरुबाट महिलाहरु भारतको पानीट्याङ्कीबाट घरायसी सामानहरु, किराना तथा लत्ता कपडा लगायतका बस्तुहरु नेपालमा ल्याउने व्यवसायमा छन् । बर्षौ देखि कम भन्सार तिरेर वा भन्सार नतिरी सानो परिमाणमा उक्त बस्तुहरु नेपाल ल्याउने गरिरहेका उनिहरुलाई सशस्त्र प्रहरीले भन्सार नतिरी र नेपालमा प्रतिवन्धित वस्तुहरु ल्याउन नदिएपछि तनावको अवस्था सृजना भएको थियो । प्रदर्शनमा सशस्त्र प्रहरी र व्यपारी महिलाहरु विच घम्साघम्सी र ठेलाठेल समेत भएको थियो । पहिले पहिले प्रहरीले सामान नेपाल भित्राए वापत नजराना लिनेगरेको कारण उनिहरु निर्वाद भारतबाट सामान नेपालमा ल्याइरहेका थिए । भन्सार मुल्य बढी भएका कारण खरिद मुल्य भन्दा बढी भन्सार तिर्नुपर्ने भएपछि सामानहरु लुकिछिपि र भन्सार छलिगरी लानुपरेको वाध्यता भएको व्यापारीहरू बताउँछन् ।


काँकरभिट्टा बोडर आउटपोष्टबाट खटिएका शसस्त्र प्रहरीको दुइओटा लाठी समेत प्रदर्शनकारीले खोसिदिएका थिए । उनीहरुले सिटी सफारी र अन्य मानिसहरुको आवत जावतमा समेत अवरुद्ध पर्न खोजेका थिए । भन्सारबाट सशस्त्रप्रहरी फिर्ता गर, रुपैयाँ लिएर पनि सामान समात्ने सशस्त्र प्रहरीका घुमुवा प्रहरी राम तामाङलाई कारवाही गर, गरी खान देऊ लगायतको नारावाजी गर्दै महिला व्यापारीहरुले प्रदर्शन गरेका थिए ।

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २१, २०८० २१:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।