काठमाडौं ।।
काठमाडौं महानगरपालिकाले छात्रवृत्ति वितरणको वितरण पेस गर्न संस्थागत विद्यालयलाई ताकेता गरेको छ । पहिलो पटक सूचना हुँदा विवरण पेस नगर्ने विद्यालयलाई महानगरपालिकाले दोस्रो पटक सूचना जारी गर्दै ताकेता गरेको हो । महानगरपालिकाले पहिलो पटक यही जेठ १० गते सूचना जारी गरी विवरण पेस गर्न निर्देशन दिएको थियो ।
तर, ३४२ विद्यालयले तोकिएको समयभित्र विवरण पेस नगरेकोले महानगरपालिकाले पुनः सूचना जारी गरर्दै यही जेठ २८ गतेभित्र विवरण पेस गर्न निर्देशन दिएको हो । यदि २८ गतेभित्र पनि विवरण पेस नभए विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति नै रद्द गरिदिने महानगरपालिकाले चेतावनी दिएको छ ।