July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

भारतले २ हजारको नोट हटाउँदा नेपाललाई असर नगर्ने : राष्ट्र बैंक

  • साझा परिवेश
  • सोमवार, जेष्ठ ८, २०८० १३:२२
भारतले २ हजारको नोट हटाउँदा नेपाललाई असर नगर्ने : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले भारु दुई हजारको नोट नचलाउने भारत सरकारको निर्णयले नेपालमा कुनै ठूलो प्रभाव नपार्ने निष्कर्ष निकालेको छ । नेपालमा भारु दुई हजारको नोटले वैधता नपाएपनि सीमावर्ती क्षेत्रमा केही नोटहरु रहेको हुन सक्ने र साट्ने अवधि लामो रहेकाले नसाटिने जोखिम नरहेको राष्ट्र बैंकको निष्कर्ष छ ।

सन् २०१६ मा भारत सरकारले नोटबन्दी गर्दा नेपालमा चलनचल्तीमा रहेको ५ करोड भारतीय रुपैयाँ अझै नेपालको केन्द्रीय बैंकमा थन्किएर बसेको छ । भारतले त्यतिबेला बैंकिङ प्रणालीमा नरहेको पैसा सटही गरेपछि नागरिकसँग रहेको पैसा बैंकले संकलन गरेको ५ करोड भन्दा बढी भारु सटही हुन नसकेको हो ।

पुनः १ अक्टोबर २०२३ देखि लागु हुनेगरी रिजर्भ बैंक अफ इण्डिया (आरबीआई)ले २ हजार दरका नोट चलनचल्तीमा बन्द गर्ने निर्णय गरेको छ । यसले पुनः २०१६ कै जस्तो नेपालीसँग रहेको भारतीय रुपैयाँ सटही के हुन्छ भन्ने जिज्ञासा हुनसक्छ । तर, सन् २०१६ मा नोटबन्दी गरिएको ५०० र १ हजार दरका भारु नोट नेपालमा चलनचल्तीका लागि वैधानिक थियो ।

तर, अहिले बन्द गर्ने निर्णय गरेको २ हजार दरको भारु सर्वसाधारणले प्रयोग गर्न प्रतिबन्धित छ । यसले सीमा क्षेत्रको बजारमा बाहेक २ हजार दरका भारु नोट नेपालमा ठूला संख्यामा भएको हुनसक्ने सम्भावना न्यून रहेको नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठ बताउँछन् ।

नेपालमा चलनचल्तीमा नै नभएका र अनौपचारिक माध्यममा सीमाक्षेत्रमा रहेका व्यापारीले केही भारु प्रयोग गर्ने भएपनि ३० सेप्टेम्बर २०२३ सम्मको समयसीमाभित्र साट्न र भारतको बैंकमा जम्मा गर्ने समय दिएकोले २०१६ को नोटबन्दीको समयको जस्तो नसाटिने जोखिम नरहेको राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख श्रेष्ठ बताउँछन् ।

गत ५ जेठ शुक्रबार आरबीआईले २ हजार दरको नोटको मागमा कमी आएको भन्दै त्यसलाई बन्द गर्ने निर्णय गरेको छ । भारतले २०१६ मा नोटबन्दी गरेपछि त्यतिबेलाको नगदको आवश्यकतालाई मध्यनजर गर्दै निष्कासन गरेको २ हजार रुपैयाँ दरको नोट बन्द गर्ने निर्णय आरबीआईले गरेको छ । यद्यपि उक्त नोट ३० सेप्टेम्बरसम्म चलनल्तीमा रहेन र नागरिकले ३० सेप्टेम्बरभित्र भने उक्त नोट बैंकमा जम्मा गर्नुपर्ने वा बैंकमा गएर अन्य दरका नोटसँग सटही गर्नसक्ने आरबीआईको नयाँ निर्देशनमा उल्लेख छ ।

 

 

  • साझा परिवेश
  • सोमवार, जेष्ठ ८, २०८० १३:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्