May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो

तापक्रम शून्य डिग्री, जाडो छल्न आगो ताप्दै हुम्लावासी

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २३, २०८० ११:१६
तापक्रम शून्य डिग्री, जाडो छल्न आगो ताप्दै हुम्लावासी

हुम्ला। हिमाली जिल्ला हुम्लामा चिसोको कारण जेठको तेस्रो हप्ता लाग्दा पनि आगो तापेर कर्मचारीले कार्यालयमा बस्नु पर्ने बाध्यता आई लागेको छ । बिहानैबाट मौसममा खराबी आउँदा चिसो बढ्दा कार्यालयमा काम गर्न चिसोले नसकिने हुँदा आगो बालेर ताप्नु परेको हो ।

जिल्ला अदालतकी वैतनिक अधिवक्ता राजन चन्दका अनुसार कार्यालयमा काम गर्दा चिसो भएपछि कर्मचारी मिली कार्यालयमा आगो बालेर ताप्नु परेको हो । सिमकोट लगाएत माथिल्लो हुम्लामा चिसो बढेर तापक्रम यति बेला शून्य डिग्री सेल्सियसमा झरेको छ । सोमबार बिहानैबाट मौसम बिग्रिएको र दिउसोबाट पानी पर्न सुरु भएपछि आगो बालेर कर्मचारीलाई ताप्नु परेको हो । यो अवस्था आज पनि उस्तै रहेको छ ।

देशभर गर्मीले तातो हावा चलेर लु लाग्ने डर भई रहेका बेला हुम्लामा भने चिसोले गर्दा आगो ताप्नु पर्ने बाध्यता आई लागेको हो । सदरमुकाम सिमकोटमा पानी परि रहेको भए पनि अग्ला डाँडामा भने हिमपात भई रहेको छ । उहाँले कम्प्युटरमा काम गर्न नसकिने र दिनभर काम गरेर चिसो भएपछि आगो बालिएको बताइन ।

बजार क्षेत्रमा पनि मानिसहरू बाक्ला कपडा लगाएर निस्की रहनु भएको छ । अन्यत्र  पनि बाहिर आगो बालेर स्थानीयले ताती रहनु भएको छ । नाम्खा गाउँपालिकाका अग्ला क्षेत्रमा समेत हिमपात भई रहेको कारण त्यहाँ चिसो निक्कै बढेको छ ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २३, २०८० ११:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट