May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

स्वच्छ तथा सफा मासु उत्पादन एवं बिक्री वितरण सम्बन्धी तालिम सम्पन्न

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० १0:५५
स्वच्छ तथा सफा मासु उत्पादन एवं बिक्री वितरण सम्बन्धी तालिम सम्पन्न

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा स्वच्छ तथा सफा मासु उत्पादन एवं बिक्री वितरणसम्बन्धी एकहप्ते तालिम सम्पन्न भएको छ । महानगरको पशुपन्छी विकास शाखाको आयोजना भएको तालिम मंगलबार सम्पन्न भएको हो ।

विराटनगरको १९ वटै वडाबाट २६ जना मासु व्यवसायीको तालिममा सहभागिता रहेको पशुपन्छी शाखाका प्रमुख शुभनारायण यादवले जानकारी दिनुभयो । तालिममा विज्ञ डा. गंगाराम यादव, डा. बोधप्रसाद पराजुली, डा. मनिषकुमार साह, डा. सराहना सुवेदी, शुभनारायण यादव र गणेश पौडेलले प्रशिक्षण दिनु भएको थियो । सहभागीहरुलाई स्वच्छ मासु उत्पादनदेखि बिक्रीवितरण तथा विभिन्न रोगहरुबाट बच्नका लागि अपनाउनुपर्ने सावधानीलगायतका विषयमा जानकारी दिनु भएको थियो ।

तालिमको समापन समारोहलाई सम्बोधन गर्दै महानगरका मेयर नागेश कोइरालाले मासु व्यवसायलाई व्यवस्थित बनाउन महानगरपालिका लागिपरेको बताउनुभयो । उहाँले पशु वधशाला निर्माणका लागि पनि पहल भइरहेको जानकारी दिनुभयो । महानगरको सीमित बजेटले मात्रै वधशाला निर्माण गर्न गाह्रो पर्ने भएकाले संघीय र प्रदेश सरकारसित सहकार्य गरेर निर्माण गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । विराटनगर १९ का वडाध्यक्षसमेत रहनु भएका आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले महानगर क्षेत्रभित्रका सबै माछामासु व्यवसायीहरुलाई प्रशिक्षित गर्ने बताउनुभयो । महानगरको सफाई अभियानलाई प्रभावकारी बनाउन पनि वधशाला निर्माण जरुरी रहेको उहाँले औंल्याउनुभयो ।

त्यस्तै सहभागीहरुका तर्फबाट मासु व्यवसायी संघ विराटनगरका अध्यक्ष सुभाषचन्द्र सिवाकोटीले महानगका विभिन्न चार स्थानमा व्यवस्थित माछामासु बजार बनाउन आफूहरु तयार रहेको बताउनुभयो । उहाँले महानगर र व्यवसायी मिलेर वधशाला निर्माण गर्न सकिने प्रस्ट पार्नुभयो । अर्का व्यवसायी टंकप्रसाद गौतमले व्यवसायीलाई तालिम दिएर महानगरले राम्रो कार्य गरेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

तालिममा सहभागीहरुलाई मेयर नागेश कोइराला र आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० १0:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।