July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

बालेनले उपत्यका मेयर फोरमको नेतृत्व किन पाएनन्?

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ १३:२0
बालेनले उपत्यका मेयर फोरमको नेतृत्व किन पाएनन्?

काठमाडौं 

काठमाडौं उपत्यकाका मेयरहरुको साझा संगठन काठमाडौं उपत्यका मेयर फोरमको नेतृत्वमा ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन आएका छन्।

काठमाडौं महानगरका मेयर बालेन्द्र साहले नेतृत्वमा दावी गरे पनि सहमती जुट्न नसक्दा साहले नेतृत्व पाउन सकेनन्। मेयर फोरमको बिहीबार र शुक्रबार बसेको बैठकबाट महर्जन अध्यक्षमा चुनिएका हुन्। यस्तै, महासचिव चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी भएका छन्।

काठमाडौं उपत्यकाको मेयर फोरममा १८ वटा पालिका आवद्ध छ। यसअघि काठमाडौं महानगरका तत्कालीन मेयर विद्यासुन्दर शाक्य काठमाडौं उपत्यकामा मेयर फोरमको अध्यक्षमा चुनिएका थिए।

सोही आधारमा साह आफू नेतृत्वमा आउनुपर्ने दावी गर्दै आए पनि उनले नेतृत्व पाएनन्। साहलाई उपाध्यक्षमा बस्न आग्रह गरिएको थियो। तर, सो पद साहले स्विकारेनन्। फोरको बैठकमा सहभागी एक अधिकारीले साहको भनाइ उद्धृत गर्दै अन्नपूर्णसँग भने, ‘नेतृत्व नदिने भए मलाई सदस्यमा राखिदिनुस्।’

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ १३:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्