sweet bonanza
February 17, 2026 | मङ्लबार, फाल्गुन ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

विद्यार्थीहरूलाई लू लाग्ने अवस्था आइसक्यो सरकार के हेरेर बसेको छ ?

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ २५, २०८० १२:५९
विद्यार्थीहरूलाई लू लाग्ने अवस्था आइसक्यो सरकार के हेरेर बसेको छ ?

काठमाडौं ।।

प्रतिनिधिसभा बैठकमा सांसदहरूले बढ्दो गर्मीले जनजीवनमा परेको असरदेखि काठमाडौं उपत्यकामा भूमिगत पानी पुनर्भरणलगायत विषय उठाएका छन् । बिहीबार शून्य समयमा सांसद तेजुलाल चौधरीले दिन प्रतिदिन ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुगेको भन्दै तराईका विद्यार्थीहरू समस्यामा परेको बताए । उनले तराईका अधिकांश जिल्लामा जस्तापाताले विद्यालयको छाना बनाइएको भन्दै त्यसलाई प्रतिस्थापन गरेर छाना ढलान गर्न माग गरे ।

उनले ढलान नभएसम्म त्यहाँ फ्यानको व्यवस्था गर्न माग गरे । सांसद धवलशमशेर राणाले गर्मीमा लोडसेडिङ हुँदा नेपालगन्जका जनतालाई बस्न गाह्रो भएको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे । नेपालगन्ज कारागारमा कैदीहरूलाई कोचेर राखेको भन्दै उनले त्यहीँ भएको क्षेत्रीय कारागार सञ्चालनमा ल्याएर समस्या समाधान गर्न आग्रह गरे ।

सांसद निर्मला कोइरालाले तराईका जिल्लाहरूमा ४४ डिग्री सेल्सियसभन्दा बढी गर्मी हुँदा विद्युत् आपूर्ति किन असहज भयो भन्दै प्रश्न गरिन् । उनले जनतामा लू लाग्ने सम्भावना बढी भएको र हिँड्दा हिँड्दै ढल्ने अवस्था आएको बताइन् । पानीको मुहान पनि सुकेको भन्दै उनले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद प्रदीप पौडेलले गर्मीले तराईका जनतामा लू लाग्ने खतरा बढेको भन्दै सरकारले के गरिरहेको छ भनी प्रश्न गरे । विद्यालय बन्द गरिएको, पानीको मुहान सुकेकोे भन्दै उनले यो समस्याको तत्कालीन र दीर्घकालीन समाधानका लागि सरकारले के गर्दै छ भनी प्रश्न गरे । सांसद दिलेन्द्रप्रसाद बडूले देशभर ३५ भन्दा बढी जिल्लामा पशुचौपायामा लम्की स्किन रोग महामारीका रूपमा फैलिएको भन्दै रोकथामका लागि आग्रह गरे ।

सांसद डीपी अर्यालले काठमाडौं उपत्यकामा भूमिगत पानी तान्ने काम मापदण्डभन्दा विपरीत भइरहेको भन्दै यसलाई पुनर्भरण गर्न माग गरे । हाल दैनिक १३ करोड बढी पानी तान्ने काम भइरहेको भन्दै उनले जति पानी निकाले पनि २० हजार रुपैयाँ तिर्नुपर्ने अवैज्ञानिक मापदण्डमा पुनर्विचार गर्न आग्रह गरे । सांसद तारा लामा तामाङले कञ्चनपुरमा छोटी भन्सार कार्यालय बन्न नसक्दा राजस्व चुहावट भइरहको भन्दै यसतर्फ ध्यानाकर्षण गराए । सांसद दामोदर पौडेल ‘बैरागी’ले संघीय निजामती ऐन संसद्को यसै अधिवेशनबाट ल्याउन माग गरे ।

सांसद दामोदर भण्डारीले बैतडीमा अस्पतालको समस्या उठाए । सांसद निशा डाँगीले वाग्मती सरसरफाइको विषयमा प्रश्न उठाइन् । त्यसका लागि हरेक वर्ष दुई अर्ब रुपैयाभन्दा बढी लगानी भइरहेको भन्दै उनले सहरको यो दुर्दशा कहिले अन्त्य हुन्छ भन्दै प्रश्न गरिन् ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ २५, २०८० १२:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid