July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

विद्यार्थीहरूलाई लू लाग्ने अवस्था आइसक्यो सरकार के हेरेर बसेको छ ?

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ २५, २०८० १२:५९
विद्यार्थीहरूलाई लू लाग्ने अवस्था आइसक्यो सरकार के हेरेर बसेको छ ?

काठमाडौं ।।

प्रतिनिधिसभा बैठकमा सांसदहरूले बढ्दो गर्मीले जनजीवनमा परेको असरदेखि काठमाडौं उपत्यकामा भूमिगत पानी पुनर्भरणलगायत विषय उठाएका छन् । बिहीबार शून्य समयमा सांसद तेजुलाल चौधरीले दिन प्रतिदिन ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुगेको भन्दै तराईका विद्यार्थीहरू समस्यामा परेको बताए । उनले तराईका अधिकांश जिल्लामा जस्तापाताले विद्यालयको छाना बनाइएको भन्दै त्यसलाई प्रतिस्थापन गरेर छाना ढलान गर्न माग गरे ।

उनले ढलान नभएसम्म त्यहाँ फ्यानको व्यवस्था गर्न माग गरे । सांसद धवलशमशेर राणाले गर्मीमा लोडसेडिङ हुँदा नेपालगन्जका जनतालाई बस्न गाह्रो भएको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे । नेपालगन्ज कारागारमा कैदीहरूलाई कोचेर राखेको भन्दै उनले त्यहीँ भएको क्षेत्रीय कारागार सञ्चालनमा ल्याएर समस्या समाधान गर्न आग्रह गरे ।

सांसद निर्मला कोइरालाले तराईका जिल्लाहरूमा ४४ डिग्री सेल्सियसभन्दा बढी गर्मी हुँदा विद्युत् आपूर्ति किन असहज भयो भन्दै प्रश्न गरिन् । उनले जनतामा लू लाग्ने सम्भावना बढी भएको र हिँड्दा हिँड्दै ढल्ने अवस्था आएको बताइन् । पानीको मुहान पनि सुकेको भन्दै उनले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद प्रदीप पौडेलले गर्मीले तराईका जनतामा लू लाग्ने खतरा बढेको भन्दै सरकारले के गरिरहेको छ भनी प्रश्न गरे । विद्यालय बन्द गरिएको, पानीको मुहान सुकेकोे भन्दै उनले यो समस्याको तत्कालीन र दीर्घकालीन समाधानका लागि सरकारले के गर्दै छ भनी प्रश्न गरे । सांसद दिलेन्द्रप्रसाद बडूले देशभर ३५ भन्दा बढी जिल्लामा पशुचौपायामा लम्की स्किन रोग महामारीका रूपमा फैलिएको भन्दै रोकथामका लागि आग्रह गरे ।

सांसद डीपी अर्यालले काठमाडौं उपत्यकामा भूमिगत पानी तान्ने काम मापदण्डभन्दा विपरीत भइरहेको भन्दै यसलाई पुनर्भरण गर्न माग गरे । हाल दैनिक १३ करोड बढी पानी तान्ने काम भइरहेको भन्दै उनले जति पानी निकाले पनि २० हजार रुपैयाँ तिर्नुपर्ने अवैज्ञानिक मापदण्डमा पुनर्विचार गर्न आग्रह गरे । सांसद तारा लामा तामाङले कञ्चनपुरमा छोटी भन्सार कार्यालय बन्न नसक्दा राजस्व चुहावट भइरहको भन्दै यसतर्फ ध्यानाकर्षण गराए । सांसद दामोदर पौडेल ‘बैरागी’ले संघीय निजामती ऐन संसद्को यसै अधिवेशनबाट ल्याउन माग गरे ।

सांसद दामोदर भण्डारीले बैतडीमा अस्पतालको समस्या उठाए । सांसद निशा डाँगीले वाग्मती सरसरफाइको विषयमा प्रश्न उठाइन् । त्यसका लागि हरेक वर्ष दुई अर्ब रुपैयाभन्दा बढी लगानी भइरहेको भन्दै उनले सहरको यो दुर्दशा कहिले अन्त्य हुन्छ भन्दै प्रश्न गरिन् ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ २५, २०८० १२:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्