sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

इच्छाकामना मन्दिर खोलियो

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ २६, २०८० १0:२0
इच्छाकामना मन्दिर खोलियो

चितवन ।।

चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित इच्छाकामना मन्दिर भक्तजनका लागि खुला गरिएको छ । मन्दिर पुनर्निर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला गरिएको हो । इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बिहीबार विधिवत पूजा गरेर उदघाटन गरेपछि सबैका लागि मन्दिरमा पूजा गर्न खुला गरिएको इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिले जनाएको छ ।

इच्छाकामना मन्दिर गोरखाको शहीद लखन गाउँपालिकाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको आमनेसामने पर्दछ । मनकामना माईका सात दिदीबहिनीमध्ये एक बहिनी भनेर इच्छाकामनालाई चिनिन्छ । यस मन्दिरमा पूजाआजा गरे इच्छाएको पूरा हुने धार्मिक विश्वास छ।

इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराका अनुसार ढुङ्गा माटोले बनेको पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर २०७५ सालदेखि पुनर्निर्माण सुरु गरिएको थियो ।

दुई करोड ४२ लाख रुपैयाँको लागतमा मन्दिर पुनर्निर्माण सम्पन्न भएको छ । मन्दिर पुनर्निर्माणका लागि बागमती प्रदेश, इच्छाकामना गाउँपालिका, चन्दादाताले रकम सहयोग गरेका थिए । स्थानीयवासीले श्रमदान गरेका थिए ।पुनर्निर्माण सम्पन्न नभइन्जेल इच्छाकामना माताको प्रतिमा मन्दिर बाहिर राखेर पूजा गरिन्थ्यो ।

मन्दिरका पुजारी हर्कबहादुर गुरुङका अनुसार इच्छाकामना मन्दिरमा प्रत्येक वर्ष मंसिरको ठूलो एकादशीपछि पञ्चमी तिथिमा ठूलो मेला लाग्छ । फिस्लिङ, मुग्लिन, कालिकाको शक्तिखोर, धादिङको बेनीघाट रोराङको हुग्दीखोला हुँदै इच्छाकामना मन्दिरसम्म गाडीबाट जान सकिन्छ । मन्दिरसम्मै सडक पुगेसँगै आवागमन सहज भएको छ । इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले ऐतिहासिक महत्व रहेको इच्छाकामना मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजना रहेको बताए ।

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ २६, २०८० १0:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid