May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

देश टाइटनिक डुबेजस्तै डुब्दै छ : सीके राउत

  • साझा परिवेश
  • बिहिबार, कार्तिक १६, २०८० १६:0५
देश टाइटनिक डुबेजस्तै डुब्दै छ : सीके राउत
  • देश टाइटनिक बोटजस्तै डुबिरहेको छ 
  • नेताले गरेको निर्णयलाई सार्वभौम सत्ता सम्पन्न भन्न नसकिने
  • यसरी नै चलिरहे व्यवस्थामाथि प्रश्न गर्ने पर्याप्त आधार रहने

काठमाडौं ।।

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) ले देश टाइटनिक बोटजस्तै डुबिरहेको बताएका छन् । बिहीबारको प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले शीर्ष तहका नेताहरुले विदेशी इन्स्योरेन्सको पैसा आउँछ भनेर देशलाई डुबाइरहेको उल्लेख गरे । “देश टाइटनिक डुबेजस्तै डुब्दै छ । यो डुबाउने चालकहरु नै हुन् । जसले विदेशी इन्स्योरेन्सको पैसा आउँछ भनेर देशलाई डुबाइरहेका छन्,” उनले भने,, “आफू सुरक्षित रुपमा टाइटनिक बोटमा जोगिरहेका छन् ।

” प्रतिशोध साँध्नका लागि सरकारबाट पक्राउ गर्ने कुरा राम्रो नभएको भन्दै उनले देशमा जनताका लागि लोकतन्त्र नभएको बताए । अँध्यारो कोठामा तीनजना नेताले गरेको निर्णयलाई सार्वभौम सत्ता सम्पन्न भन्न नसकिने उनले बताए । चियापान समारोहमा बोलाएर नयाँलाई सक्ने भाषण दिनु ठूला दलको लाचारीपन भएको उनको भनाइ छ । अध्यक्ष राउतले संसद् यसरी नै चलिरहे व्यवस्थामाथि प्रश्न गर्ने पर्याप्त आधार रहने बताए ।

 

 

 

 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक १६, २०८० १६:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।