विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-५ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ४७ बर्षीय लक्ष्मी सरदार रहेका छन् ।
बिहिबार बिहान साढे १० आफ्नै घर पछाडि रहेको आँपको रुखमा चढि हरियो बाँसले आँप झार्दा अचानक बिजुलीको तारमा छुन पुक्दा करेन्ट लागि घाईते भएका थिए ।
घाईते सरदारको उपचारको लागि रंगेली अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।