April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि

हिमानी शाहबारे चलेको ‘त्यो हल्ला’

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १३:४८
हिमानी शाहबारे चलेको ‘त्यो हल्ला’

काठमाडौं– पछिल्ला समय नेपालको राजपरिवारका सदस्य समाज सेवामा सक्रिय रहेका उदाहरणबीच विभिन्न राजनीतिक र धार्मिक परिदृश्यमा पनि खुल्न थालेका छन्।

खासगरी पूर्वराजा ज्ञानेन्द्र शाह यसरी खुलिरहेका छन्। उनले हालै मात्र विश्व रेकर्ड तोडेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका थिए भने भक्तपुरमा भएको विशाल सभामा सहभागीता जनाएका थिए।

पछिल्ला दिनमा विभिन्न ठाउँमा भइरहेका धार्मिक परिदृश्यबारे राजपरिवार खासै खुलेको छैन।

यद्यपि, उनीहरूबारे विभिन्न प्रकारका हल्ला नआएका होइनन्। पूर्वयुवराज्ञी हिमानी शाहबारे यस्तै एउटा रोचक गसिप चलेको थियो।

हुन त हिमानी विभिन्न कार्यक्रममा जाँदा ल्यामलाइटमा आउने पात्रमा नै पर्छिन्। चाहे पूर्ववडामहारानी कोमल शाहको जन्मदिनमा आयोजित पार्टीको नृत्य होस् या छोरीहरूसँगका नृत्य, उनको चर्चा भइनै रहेको हुन्छ।

तर, उनी राष्ट्रिय सभाको सदस्यमा मनोनित हुने एउटा चर्चा चलेको थियो।

समाजमा राम्रो योगदान गरेवापत तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाका लागि एक जना सदस्य मनोनित गर्ने प्राधिकारलाई पूर्वयुवराज्ञी हिमानीका लागि सुरक्षित गरेको बताइएको थियो। यद्यपि, त्यसो भएन।

भण्डारी र पूर्वराजपरिवारको सम्बन्ध राम्रो रहेको आधारलाई लिएर यस्तो चर्चा भएको थियो।

पूर्वराजा ज्ञानेन्द्र शाहले नाती हृदयेन्द्रको ब्रतबन्धमा निम्तो दिँदा पुगेकी तत्कालिन राष्ट्रपति भण्डारी तथा राष्ट्रपतिको छोरीको बिहेमा पूर्वराजाको उपस्थितिको सम्बन्धको आधार पनि यो चर्चाका लागि स्वभाविक बनाइएको थियो।

अर्कोचाहिँ हिमानी ट्रष्टमार्फत समाजसेवामा सक्रिय रहेको नाताले हिमानी शाहलाई राष्ट्रिय सभामा लैजाने भन्ने तर्क पनि अघि सारिएका थिए।

निर्मलनिवासमा पनि यसबारे खासै कुनै महत्व र चर्चाको विषय बनेको थिएन। ‘राष्ट्रपतिले त्यस्तो सोचेको भए पनि पूर्वयुवराज्ञीले त्यो पदवीमा जाने सोच राख्नु हुनेछैन, यो एउटा राजनीतिक गसिपमात्र रहेको जस्तो लाग्छ’, निर्मलनिवास स्रोतले भनेको थियो,‘जनताको सेवा गर्नका निम्ति कुनै पद चाहिन्न, हिमानी ट्रष्टमार्फत उहाँले सक्नेसम्मको गरिरहनु भएको छ।’

अखबारीय हिसाबमा गसिपलाई पनि पूर्ण सत्य मानिँदैन। पूर्वयुवराज्ञी हिमानीका बारेमा यस्ता हल्ला चल्नु स्वभाविक देखिन्छ। खासगरी सामाजिक सञ्जालका विभिन्न फोरममा हिमानी सक्रिय रहेको पाइएपछि यस्तो चर्चा चलाएको हुनसक्ने अनुमान गरिएको छ।

निर्मल निवासनिकट एक जना भन्छन्,‘सांसद बन्ने भन्ने कुरा अहिले त हुँदैन नै। राजपरिवारको सदस्य भई राजकाज गरेका मानिस सांसद बनी अहिलेको बिग्रँदो राजनीतिमा जाने इच्छा नै राख्दैन।’

बरु राजपरिवार समुदायमा घुलमिलचाहिँ हुन चहान्छन्। हिमानी पनि सोही बानी भएकी पूर्वयुवराज्ञी रहेको बताइन्छ। उनले समुदायमा ट्रष्टमार्फत विद्यालय निर्माणदेखि अनेक समाज सेवामा आफूलाई अब्बल बनाएकी छन्।

जसरी एउटा विश्वसनीय समुदायले रानी एलिजाबेथलाई सम्झिनेगरेका छन् त्यसरी नै हिमानीलगायत राजपरिवारलाई पनि न्यानो सम्बन्धको लागि, अन्तरविश्वास संवाद र सद्भावको लागि विशेष प्रतिबद्धताका साथ स्मरण गरिरहेको निर्मल निवासका जानकार बताउँछन्।

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १३:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।