sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

हिमानी शाहबारे चलेको ‘त्यो हल्ला’

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १३:४८
हिमानी शाहबारे चलेको ‘त्यो हल्ला’

काठमाडौं– पछिल्ला समय नेपालको राजपरिवारका सदस्य समाज सेवामा सक्रिय रहेका उदाहरणबीच विभिन्न राजनीतिक र धार्मिक परिदृश्यमा पनि खुल्न थालेका छन्।

खासगरी पूर्वराजा ज्ञानेन्द्र शाह यसरी खुलिरहेका छन्। उनले हालै मात्र विश्व रेकर्ड तोडेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका थिए भने भक्तपुरमा भएको विशाल सभामा सहभागीता जनाएका थिए।

पछिल्ला दिनमा विभिन्न ठाउँमा भइरहेका धार्मिक परिदृश्यबारे राजपरिवार खासै खुलेको छैन।

यद्यपि, उनीहरूबारे विभिन्न प्रकारका हल्ला नआएका होइनन्। पूर्वयुवराज्ञी हिमानी शाहबारे यस्तै एउटा रोचक गसिप चलेको थियो।

हुन त हिमानी विभिन्न कार्यक्रममा जाँदा ल्यामलाइटमा आउने पात्रमा नै पर्छिन्। चाहे पूर्ववडामहारानी कोमल शाहको जन्मदिनमा आयोजित पार्टीको नृत्य होस् या छोरीहरूसँगका नृत्य, उनको चर्चा भइनै रहेको हुन्छ।

तर, उनी राष्ट्रिय सभाको सदस्यमा मनोनित हुने एउटा चर्चा चलेको थियो।

समाजमा राम्रो योगदान गरेवापत तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाका लागि एक जना सदस्य मनोनित गर्ने प्राधिकारलाई पूर्वयुवराज्ञी हिमानीका लागि सुरक्षित गरेको बताइएको थियो। यद्यपि, त्यसो भएन।

भण्डारी र पूर्वराजपरिवारको सम्बन्ध राम्रो रहेको आधारलाई लिएर यस्तो चर्चा भएको थियो।

पूर्वराजा ज्ञानेन्द्र शाहले नाती हृदयेन्द्रको ब्रतबन्धमा निम्तो दिँदा पुगेकी तत्कालिन राष्ट्रपति भण्डारी तथा राष्ट्रपतिको छोरीको बिहेमा पूर्वराजाको उपस्थितिको सम्बन्धको आधार पनि यो चर्चाका लागि स्वभाविक बनाइएको थियो।

अर्कोचाहिँ हिमानी ट्रष्टमार्फत समाजसेवामा सक्रिय रहेको नाताले हिमानी शाहलाई राष्ट्रिय सभामा लैजाने भन्ने तर्क पनि अघि सारिएका थिए।

निर्मलनिवासमा पनि यसबारे खासै कुनै महत्व र चर्चाको विषय बनेको थिएन। ‘राष्ट्रपतिले त्यस्तो सोचेको भए पनि पूर्वयुवराज्ञीले त्यो पदवीमा जाने सोच राख्नु हुनेछैन, यो एउटा राजनीतिक गसिपमात्र रहेको जस्तो लाग्छ’, निर्मलनिवास स्रोतले भनेको थियो,‘जनताको सेवा गर्नका निम्ति कुनै पद चाहिन्न, हिमानी ट्रष्टमार्फत उहाँले सक्नेसम्मको गरिरहनु भएको छ।’

अखबारीय हिसाबमा गसिपलाई पनि पूर्ण सत्य मानिँदैन। पूर्वयुवराज्ञी हिमानीका बारेमा यस्ता हल्ला चल्नु स्वभाविक देखिन्छ। खासगरी सामाजिक सञ्जालका विभिन्न फोरममा हिमानी सक्रिय रहेको पाइएपछि यस्तो चर्चा चलाएको हुनसक्ने अनुमान गरिएको छ।

निर्मल निवासनिकट एक जना भन्छन्,‘सांसद बन्ने भन्ने कुरा अहिले त हुँदैन नै। राजपरिवारको सदस्य भई राजकाज गरेका मानिस सांसद बनी अहिलेको बिग्रँदो राजनीतिमा जाने इच्छा नै राख्दैन।’

बरु राजपरिवार समुदायमा घुलमिलचाहिँ हुन चहान्छन्। हिमानी पनि सोही बानी भएकी पूर्वयुवराज्ञी रहेको बताइन्छ। उनले समुदायमा ट्रष्टमार्फत विद्यालय निर्माणदेखि अनेक समाज सेवामा आफूलाई अब्बल बनाएकी छन्।

जसरी एउटा विश्वसनीय समुदायले रानी एलिजाबेथलाई सम्झिनेगरेका छन् त्यसरी नै हिमानीलगायत राजपरिवारलाई पनि न्यानो सम्बन्धको लागि, अन्तरविश्वास संवाद र सद्भावको लागि विशेष प्रतिबद्धताका साथ स्मरण गरिरहेको निर्मल निवासका जानकार बताउँछन्।

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १३:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid