May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

सांसद केसी : प्रधानमन्त्रीले बोलेपश्चात् प्रमुख प्रतिपक्षी बोल्न मिल्दैन

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ २६, २०८० १३:५६
सांसद केसी : प्रधानमन्त्रीले बोलेपश्चात् प्रमुख प्रतिपक्षी बोल्न मिल्दैन

काठमाडौं ।।

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संसद्मा प्रधानमन्त्री बोलेपश्चात् प्रमुख प्रतिपक्षी दलका नेतालाई बोल्नु दिनु संसदीय अभ्यास विपरित भएको बताएका छन् । शुक्रबार बजेट माथिको छलफलमा प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यो प्रकृयामा सभामुख माथिको भूमिकामा प्रश्न उठाए । उनले प्रधानमन्त्रीले बोलेपश्चात् प्रमुख प्रतिपक्षी दलले बोल्न नमिल्ने बताए ।

“संसद्को संरक्षक सभामुख हो । उहाँलेनै हो संसद् र विशेष अधिकारको संरक्षण गर्ने । तर कुनै पनि संसद्को एक भोटले होस् वा सय भोटले होस् प्रधानमन्त्री संसद्को नेता हो ।

सार्वजनिक प्रस्ताव दर्ता भएपश्चात् सवाल जवाफ गरेर प्रमुख प्रतिपक्षालाई बोल्न दिन हुँदैन,” उनले भने । सांसद केसीले यसरी परम्परा बसाउँदै लगे भविष्यमा कस्तो नजिर बस्छ भन्दै त्यसतर्फ ध्यान पुर्याउन अनुरोध गरे ।

“प्रमुख प्रतिपक्षी दलको नेताको सम्मानित भूमिका छ त्यसमा मेरो कुनै विवाद होइन । तत्कालै बोल्न दिने कुरा जुन् यो संसद्मा स्थापित गर्ने कुरा भएको छ यो परम्परा ठिक होइन,” उनले भने । उनले रेशम चौधरीलाई आममाफी दिने विषयमा समेत राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयमाथि प्रश्न उठाए ।

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ २६, २०८० १३:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।