sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सांसद शर्मा : माओवादीको शक्तिबिना ओलीको सिंहदरबार यात्रा कठिन छ

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ २६, २०८० १४:२२
सांसद शर्मा : माओवादीको शक्तिबिना ओलीको सिंहदरबार यात्रा कठिन छ

काठमाडौं ।।

  • जर्नादन शर्माको एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती 
  • माओवादीको सहयोगबिना ओली प्रधानमन्त्री बन्ने कल्पना समेत गर्न नसक्ने बताए
  • ओलीलाई दुई तिहाइको प्रधानमन्त्री बनाउन माओवादीको योगदान छ
  • नेपालको राजनीतिक इतिहासमा माओवादीविना अपूरो हुन्छ
  • माओवादी पार्टीका आफ्नै विशेषता भएको र कमी पनि छ
  • माओवादी चुम्बक भएको र एमाले धातु
  • धातुमा चुम्बक टाँसिन नजाने र चुम्बकै धातु टाँसिन आउनुपर्ने बताए
  • धातु चुम्बकमा टाँसिन्छ चुम्बक धातुमा होइन

नेकपा (माओवादी केन्द्र) का सांसद तथा निर्वतमान अर्थमन्त्री जर्नादन शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन् ।शुक्रबारको प्रतिनिधिसभा बैठकमा बजेट माथिको छलफलमा बोल्दै उनले माओवादीको सहयोगबिना ओली प्रधानमन्त्री बन्ने कल्पना समेत गर्न नसक्ने बताए । संविधान संघीयता धर्मनिरपेक्षता समावेशिता र समानुपातिक जस्ता मुद्धा माओवादीका विरासत भएको पनि दाबी गरे ।

“संविधान संघीयता धर्मनिरपेक्षता समावेशिता र समानुपातिक जस्ता मुद्धा माओवादीका विरासत हुन्,” उनले भने, “यसकै बलमा केपी ओलीलाई दुई तिहाइको प्रधानमन्त्री बनाउन पार्टीगत समूहगत र व्यक्तिगत रूपमा योगदान पुराएका हैनौं र याद रहोस् माओवादीको शक्तिबिना तपाईंको सिंहदरबार यात्रा कठिन छ र भइरहने छ । गत मंसिरको निर्वाचनमा तपाईको एकल एजेन्डा अनुमोदन नभएको र शक्तिको व्यापक क्षयिकरण भएको कुरा याद रहोस् ।”

उनले नेपालको राजनीतिक इतिहासमा माओवादीविना अपूरो हुन्छ भन्दै उनले माओवादी पार्टीका आफ्नै विशेषता भएको र कमी पनि भएको स्वीकार गरे । उनले ओलीलाई माओवादी चुम्बक भएको र एमाले धातु भएको भन्दै धातुमा चुम्बक टाँसिन नजाने र चुम्बकै धातु टाँसिन आउनुपर्ने बताए ।

“माओवादी अहिले संसद्मा तेस्रो पार्टी बनेको छ तर हामीसँग परिवर्तनको रापतापबाट आएको चुम्बकिय शक्ति थयावत् छ,” शर्माले भने, “चुम्बकिय शक्तिमा धातुहरूलाई आकर्षित गर्ने गुण हन्छ र धातुहरू यसमा टाँसिन्छन् । धातु चुम्बकमा टाँसिन्छ चुम्बक धातुमा होइन यो कुरा हेक्का रहोस् ।”

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ २६, २०८० १४:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid