April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

सांसद शर्मा : माओवादीको शक्तिबिना ओलीको सिंहदरबार यात्रा कठिन छ

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ २६, २०८० १४:२२
सांसद शर्मा : माओवादीको शक्तिबिना ओलीको सिंहदरबार यात्रा कठिन छ

काठमाडौं ।।

  • जर्नादन शर्माको एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती 
  • माओवादीको सहयोगबिना ओली प्रधानमन्त्री बन्ने कल्पना समेत गर्न नसक्ने बताए
  • ओलीलाई दुई तिहाइको प्रधानमन्त्री बनाउन माओवादीको योगदान छ
  • नेपालको राजनीतिक इतिहासमा माओवादीविना अपूरो हुन्छ
  • माओवादी पार्टीका आफ्नै विशेषता भएको र कमी पनि छ
  • माओवादी चुम्बक भएको र एमाले धातु
  • धातुमा चुम्बक टाँसिन नजाने र चुम्बकै धातु टाँसिन आउनुपर्ने बताए
  • धातु चुम्बकमा टाँसिन्छ चुम्बक धातुमा होइन

नेकपा (माओवादी केन्द्र) का सांसद तथा निर्वतमान अर्थमन्त्री जर्नादन शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन् ।शुक्रबारको प्रतिनिधिसभा बैठकमा बजेट माथिको छलफलमा बोल्दै उनले माओवादीको सहयोगबिना ओली प्रधानमन्त्री बन्ने कल्पना समेत गर्न नसक्ने बताए । संविधान संघीयता धर्मनिरपेक्षता समावेशिता र समानुपातिक जस्ता मुद्धा माओवादीका विरासत भएको पनि दाबी गरे ।

“संविधान संघीयता धर्मनिरपेक्षता समावेशिता र समानुपातिक जस्ता मुद्धा माओवादीका विरासत हुन्,” उनले भने, “यसकै बलमा केपी ओलीलाई दुई तिहाइको प्रधानमन्त्री बनाउन पार्टीगत समूहगत र व्यक्तिगत रूपमा योगदान पुराएका हैनौं र याद रहोस् माओवादीको शक्तिबिना तपाईंको सिंहदरबार यात्रा कठिन छ र भइरहने छ । गत मंसिरको निर्वाचनमा तपाईको एकल एजेन्डा अनुमोदन नभएको र शक्तिको व्यापक क्षयिकरण भएको कुरा याद रहोस् ।”

उनले नेपालको राजनीतिक इतिहासमा माओवादीविना अपूरो हुन्छ भन्दै उनले माओवादी पार्टीका आफ्नै विशेषता भएको र कमी पनि भएको स्वीकार गरे । उनले ओलीलाई माओवादी चुम्बक भएको र एमाले धातु भएको भन्दै धातुमा चुम्बक टाँसिन नजाने र चुम्बकै धातु टाँसिन आउनुपर्ने बताए ।

“माओवादी अहिले संसद्मा तेस्रो पार्टी बनेको छ तर हामीसँग परिवर्तनको रापतापबाट आएको चुम्बकिय शक्ति थयावत् छ,” शर्माले भने, “चुम्बकिय शक्तिमा धातुहरूलाई आकर्षित गर्ने गुण हन्छ र धातुहरू यसमा टाँसिन्छन् । धातु चुम्बकमा टाँसिन्छ चुम्बक धातुमा होइन यो कुरा हेक्का रहोस् ।”

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ २६, २०८० १४:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट