May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

‘नीरफूल’ फिल्मले नेतादेखि सबैको मन छोयो

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ ३०, २०८० १२:५७
‘नीरफूल’ फिल्मले नेतादेखि सबैको मन छोयो

काठमाडौं ।।

  • सोमबार बेलुका दयाहाङ राई स्टारर ‘नीरफूल’को विशेष शो आयोजना गरियो
  • राजनीतिज्ञदेखि कलाकारसम्म सहभागी भए
  • एमाले नेता भीम रावल, अभिनेत्री करिश्मा मानन्धर लगायतले फिल्म हेरे
  • फिल्म हेरेपछि नेता रावललाई भुटानी शरणार्थी प्रकरणको याद दिलायो 
  • नीरफूलले देशको प्राकृतिक सुन्दरताको छटालाई अगाडि ल्याएको छ 
  • अभिनेत्री मानन्धरले दयाहाङ राईका फिल्म जहिले पनि अर्गानिक हुने बताइन् 

सोमबार बेलुका दयाहाङ राई स्टारर ‘नीरफूल’को विशेष शो आयोजना गरियो, जहाँ राजनीतिज्ञदेखि कलाकारसम्म सहभागी भए । एमाले नेता भीम रावल, अभिनेत्री करिश्मा मानन्धर लगायतले फिल्म हेरे । नेता रावलले फिल्म हेरेपछि यसले आफूलाई भुटानी शरणार्थी प्रकरणको याद दिलाएको बताए ।

‘नीरफूलले एकैचोटी धेरै सन्देश दिएको छ । हाम्रो देशको प्राकृतिक सुन्दरताको छटालाई अगाडि ल्याएको छ,’ उनले भने, ‘भूकम्पजस्ता प्राकृतिक विपत्तिको बेलामा जनतालाई सेवा गर्नुपर्ने कतिपय व्यक्ति र निकायले कसरी गलत तरिकाले फाइदा उठाउन खोज्दा रहेछन् भन्ने कुरालाई अघि ल्याएको छ । यो फिल्म हेर्दा मलाई नक्कली भुटानी शरणार्थी प्रकरणको सम्झना भयो ।’

वैदेशिक रोजगारीले मुलुकको प्राकृतिक जीवनलाई तहसनहस बनाइरहेको आरोप उनले लगाए । ‘त्यसले परिवारलाई कसरी तहसनहस गरेको छ भन्ने सन्देश यसले दिन्छ,’ उनले भने, ‘मान्छेले प्राकृतिक विपत्तिको समयमा पनि कसरी नाजायज फाइदा लिन खोज्छन् भन्ने कुरालाई सुन्दर किसिमले प्रस्तुत गरेको छ ।’

अभिनेत्री मानन्धरले दयाहाङ राईका फिल्म जहिले पनि अर्गानिक हुने बताइन् । ‘भूकम्पको बेलाको पीडालाई हामीले झण्डै बिर्सिएका थियौं । यो फिल्मले त्यो क्षण सम्झाइदियो । हामीलाई काठमाडौंको पीडा थाहा थियो तर दुर्गम भेगको थाहा थिएन । फिल्मले संस्कृति पनि प्रस्तुत गरेको छ । सुकिसकेको खाटालाई यसले पुनः ब्युँझाएको छ,’ उनले भनिन् । फूलमान बल निर्देशित नीरफूल शुक्रबारदेखि प्रदर्शनमा आएको हो ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ ३०, २०८० १२:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।