April 11, 2025 | शुक्रबार, चैत्र २९, २०८१
सुचनाहरु
हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी 

तनहूँका ओझासहित ७ नेपाली मुम्बईमा ‘दादासाहेब फाल्के टेलिभिजन अवार्ड बाट सम्मानित

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ३१, २०८० 0९:0८
तनहूँका ओझासहित ७ नेपाली मुम्बईमा ‘दादासाहेब फाल्के टेलिभिजन अवार्ड बाट सम्मानित

काठमाडौँ ।

तनहूँ व्यास ५ का सरोज ओझासहित सात नेपाली युवा भारतको मुम्बईमा ‘दादासाहेब फाल्के टेलिभिजन अवार्ड २०२३’ बाट सम्मानित भएका छन्  ।

अवार्डको विदेशी विधाअन्तर्गत सम्मानित हुनेमा नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको कार्यक्रम ‘सचेतना’ का प्रस्तोता एवम् निर्देशक सरोज ओझा, कलाकार नितु कोइराला, गायक विनोद ढकाल, श्रष्टा एवम् अभियन्ता राजेन्द्रप्रसाद ओझा, व्युटिसियन सुशीला थापा, इभेन्ट निर्देशक अमित शाह र अभियानकर्मी कृष्णप्रसाद देवकोटा रहनु भएको छ। मुम्बईमा आयोजित कार्यक्रममा अभिनेत्री श्वेता तिवारी, अभिनेत्री एवम् मोडेल रानी रे, मोडेल रितु शर्मा, फेसन डिजाईनर रागिनी के सिंह, मोनिका भादोरिया, सामाजिक अभियन्ता बेलिन्दा पेरेरा, अशोकप्रसाद अभिशेक, आदित्य खुराना, रमादिप कौर, हितेन तेजवानी, मान्या सिंह, निहारिका राजदान, मदल्सा शर्मा, लिजा सिंह, ट्विन्कल वशिष्ठलाई अवार्ड प्रदान गरिएको थियो । अवार्ड सेरोमनी फिल्मोरा मिडियाले आयोजना गरेको हो ।

आयोजक संस्था फिल्मोराका प्रमुख अखिलेश सिंहलाई नेपालका तर्फबाट नेपाल र भारतको झण्डा अंकित मायाको चिनो उपहार स्वरुप प्रदान गरिएको थियो । सिंहले दादा साहेब फाल्के टेलिभिजन अवार्डको आगामी संस्करण नेपालमा आयोजना गर्न सकिनेबारे आफू विमर्शमा रहेको बताउनुभएको ओझाले जनाकारी दिनुभएको हो ।

श्रोत: सेतीमाडीन्युज

 

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ३१, २०८० 0९:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट