April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

नेपालका परराष्ट्रमन्त्री र श्रीलंकाका विदेशमन्त्रीबीच भेटभाट

  • साझा परिवेश
  • बिहिबार, पुस ५, २०८० १२:५९
नेपालका परराष्ट्रमन्त्री र श्रीलंकाका विदेशमन्त्रीबीच भेटभाट
  • परराष्ट्रमन्त्री एनपी साउद र श्रीलंकाका विदेशमन्त्री अली साब्रीबीच भेटवार्ता
  • बहुपक्षीय मञ्चहरूमा सहकार्य गर्नेबारे छलफल
  • श्रीलङ्काका राजदूत र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू सहभागी 

काठमाडौं ।।

परराष्ट्रमन्त्री एनपी साउद र श्रीलंकाका विदेशमन्त्री अली साब्रीबीच भेटवार्ता भएको छ। भेटमा  दुई देशबीचको व्यापार र लगानी अभिवृद्धि हवाई सम्पर्कमा वृद्धि, संस्कृति, पर्यटन र शिक्षा आदानप्रदानमा केन्द्रित रहेको बताइएको छ। क्षेत्रीय सहयोगलगायत सार्क र बिमस्टेक प्रक्रियालाई सुदृढ पार्ने बहुपक्षीय मञ्चहरूमा सहकार्य गर्नेबारे छलफल भएको हो।

छलफलमा श्रीलङ्कामा थुनामा रहेका तीन नेपालीको स्थानान्तरणको सम्भावनाले स्थान पाउने बताइएको छ। दुई मन्त्रीले जलवायु परिवर्तनले आ-आफ्नो देशले भोग्नुपरेको गम्भीर असरबारे छलफल गरेका छन्। बैठकमा नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्रीसहित, परराष्ट्र सचिव, श्रीलंकाका लागि नेपाली राजदूत, वाणिज्य, गृह र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी छन्। यस्तै, श्रीलंकाको प्रतिनिधिमण्डलमा काठमाडौंस्थित श्रीलङ्काका राजदूत र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू रहेका छन्।

 

 

 

 

  • साझा परिवेश
  • बिहिबार, पुस ५, २०८० १२:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट