May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

प्रभु बैंकका सीइओ शेरचनको अर्को बदमासी, टाट पल्टिएको शिव शिखर एग्रोका नाममा झण्डै १ अर्व ऋण प्रवाह

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ३१, २०८० 0९:३२
प्रभु बैंकका सीइओ शेरचनको अर्को बदमासी, टाट पल्टिएको शिव शिखर एग्रोका नाममा झण्डै १ अर्व ऋण प्रवाह

काठमाडौं । अशोक शेरचन नेतृत्वको प्रभु बैंकबाट प्रवाह भएका अधिकांश कर्जा खराब कर्जाका रुपमा परिणत भएको तथ्य फेला परेको छ । शेरचनले स्विकृत गरेको ऋणहरु खराब नजिर भएका संस्था र व्यक्तिमा लगानी गरेको पाइएको छ । जसले गर्दा हजारौं बचतकर्ताको निक्षेप रकम डुब्ने खतरा बढेको छ । शेरचनले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई १ अर्ब २० करोड कर्जा प्रवाह गरेको विषय हामीले यसअघिको श्रृङखलामा प्रकाशित गरिसकेका छौं ।यसैगरी प्रभु बैंकले थप अन्य जोखिमयुक्त कम्पनीहरुलाई पनि कर्जा प्रवाह गरेको भेटिएको छ ।सीइओ अशोक शेरचनले कर्जा डुब्न सक्ने जोखिमलाई आँकलन नगरी हचुवामा कर्जा प्रवाह गर्दा बचतकर्ताको अर्बौं रकम जोखिममा परेको छ ।

शेरचन आँखा चिम्लिएर गर्छन् लगानी, जनताको पैसामा टाट पल्टिएका कम्पनीको रजाईँ

बैंकबाट शिव शिखर एग्रोलाई ७५ करोड सहित भूमि इन्फ्रास्ट्रक्चर र नेपाल जनरल मार्केटिङको नाममा अरबौं कर्जा प्रवाह भएको तथ्य अनलाइन पानालाई प्राप्त भएको छ ।प्रभु बैंकले कर्जा प्रवाह गरेकोे शिव शिखर एग्रो, शिव शिखर अर्गनाइजेशन अन्तर्गतको यस संस्था र उसका सञ्चालकहरु यतिबेला कोही फरार छन् भने कोही हिरासतमा छन् । प्रभु बैंकबाट ७५ करोड रकम लगानी भएको शिव शिखर एग्रोकी सञ्चालक गिता शर्मा हुन्, उनी यतिबेला रकम हिनामिना गरेको आरोपमा थुनामा छिन् ।यसैसँग आवद्ध शिवशिखर सहकारीको बचत फिर्ता गर्न नसक्दा उनका श्रीमान केदारनाथ शर्मा फरार छन् भने अन्य सञ्चालकहरु पुष्कर मल्ल र अनिश राज भण्डारी यसअघि पक्राउ परिसकेका छन् । प्रभु बैंककी ऋणी गिता शर्मा शिव शिखर सहकारी संस्थाको मुख्य साझेदारी रहेको शिखर अर्गनाइजेसन प्रालिकी निर्देशक समेत हुन् । बचत गरेको रकम तथा मुद्दती खातामा रहेको रकमको भुक्तानी मिति नाघेपछि पनि फिर्ता नगरी निक्षेप रकम ठगी गरेको आरोपमा पक्राउ गरी प्रहरीले उनिमाथि थप अनुसन्धान गरिरहेको छ । केदारनाथ शर्मा बचतकर्ताको १२ अर्ब रुपैयाँ ठगेर भागेका शिखर अर्गनाईजेशन र तुलसी बहुमुखी सहकारी संस्था दुवै संस्थाका मालिक हुन् ,जो अहिले फरार छन् ।

बढ्यो बैंकको खराब कर्जा

शेरचनले व्यक्तिगत स्वार्थका लागि मनपरी ढंगले गलत कम्पनीमाथि लगानी गर्दा बैंकको खराब कर्जा निकै बढेको छ । प्रभु बैंकको एनपीएल गत आर्थिक वर्षमा १ दशमलव २१ प्रतिशत रहेकोमा अहिले बढेर ३ दशमलव ४८ प्रतिशत पुगेको हो । यो प्रतिशत तुलनात्मक हिसावले हेर्दा झण्डै दोब्बरले बढी हो । त्यस्तै बैंकको ईपीएस घटेर ११.०७ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस १५.७२ रुपैयाँ थियो । पीई रेसियो १२.३२ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४२.८५ रुपैयाँ रहेको छ ।त्यसो त अशोक शेरचनलाई उनको मनपरीमा लगाम लगाउने कोही देखिँदैन किनकि प्रभु गु्रपका अध्यक्ष तथा सांसद देवीप्रकाश भट्टचननै उनका संरक्षक हुन् । बैंक तथा वित्तीय संस्थाका नियामक निकाय नेपाल राष्ट्र बैंकसमेत शेरचनको प्रभावमा परेको छ । उनका गलत क्रियाकलापका विषयमा पटकपटक गुनासो र उजुरीनै पर्दा समेत मुकदर्शक बनेर उल्टो प्रोत्साहित गरिरहेको छ ।

यसअघि नेपाल राष्ट्र बैंकमा २०७६साल १२ गते पुगेको उजुरी उपर राष्ट्र बैंकले आजसम्म पनि कुनै कारबाही अगाडी बढाएको छैन, उल्टै शेरचनका विरुद्धमा परेको उजुरीका सम्वन्धमा सञ्चालक समितिसँग जवाफ माग्नुपर्नेमा उल्टै उनैसँग स्पष्टिकरण सोधियो र घटनालाई सामसुम पार्ने काम गरियो । राष्ट्र बैंकबाट बैंक सुपरिवेक्षणमा जाँदा समेत यी कुराहरुलाई औंल्याइएको देखिँदैन । राष्ट्र बैंकमा परेको उक्त उजुरीमा बैंकका उच्च पदस्थ कर्मचारीको खातामा गैरकानूनी र असाधारण तरिकाबाट जम्मा हुन आएकोले छानबिन गर्न माग गरिएको छ । तर हालसम्मपनि शेरचनकै प्रभावमा परेर राष्ट्र बैंकले उक्त खाताको अनुसन्धान नगरेको बैंककै कर्मचारीहरुको गुनासो छ ।

राष्ट्र बैंकमात्र होइन केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीसम्म शेरचनको प्रभावमा परेको छ । उनका गैरकानूनी हर्कत र वित्तीय अपराधका सम्वन्धमा परेको उजुरीमाथि आवश्यक छानबिन गरेर कारबाही अगाडि बढाउनुपर्नेमा उल्टै स्वार्थ बाझिने गरी सोही बैंकका सीइओ शेरचनकै हातबाट प्रहरी कल्याण कोषका नाममा रकम लिएपछि अन्ततः घटना सामसुम पारिएको छ । राष्ट्र बैंक सीआइबी मात्र होइन शेरचनको प्रभावमा मूलधारका सञ्चारमाध्यम समेत यतिबेला मौन छन् ।

शेरचनका यी र यस्ता गैरकानूनी क्रियाकलापका विषयमा नियामक निकाय, प्रहरी प्रशासन र सरोकारवाला पक्षले सत्यतथ्यका आधारमा निश्पक्ष एवं पारदर्शी ढंगले कुनै पनि दवाब र प्रभावमा नपरी अनुसन्धान गर्ने हो भने उनी वित्तीय अपराधको कसुरमा जेल जान सक्ने उनकै मुद्दालाई नजिकबाट नियालिरहेका अधिवक्ता मधुकुमार चौलागाईँ बताउँछन् ।प्रभु बैंकका सीईओ अशोेक शेरचनले बैंकभित्र रहेर गरेका वित्तीय अपचलन र अपराधका विषयमा हामीले एक पछि अर्को श्रृङ्खलागत समाचार सम्प्रेषण गरिरहेका छौं । बैंकभित्र रहेर उनले अनधिकृत रुपमा आर्जन गरेका अकुत सम्पत्तीका विषयमा फलोअप सहितको रिपोर्ट अर्को अंकमा उजागर गर्नेछौंँ ।

श्रोत: अनलाइन पाना

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ३१, २०८० 0९:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।