sweet bonanza
February 19, 2026 | बिहिबार, फाल्गुन ८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अनिश्चितकालका लागि नेपाल मेडिकल कलेजको ओपीडी सेवा बन्द

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ३१, २०८० १२:५४
अनिश्चितकालका लागि नेपाल मेडिकल कलेजको ओपीडी सेवा बन्द

काठमाडौं।।

  • अत्तरखेलस्थित नेपाल मेडिकल कलेज
  • बिरामीका आफन्तले तोडफोड गरेपछि ओपीडी सेवा अनिश्चितकालका लागि बन्द
  • ७१ वर्षीय सुवर्णकुमार धिताल पित्तथैलीको शल्यक्रिया लागि भर्ना गरिए पनि 
  • धितालको ३० जेठमा उपचारको क्रममा मृत्यु भयो
  • ओपीडी सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित

अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा बिरामीका आफन्तले तोडफोड गरेपछि ओपीडी सेवा अनिश्चितकालका लागि बन्द भएको छ। अस्पतालले प्रशासनले बुधबार एक सूचना जारी गर्दै तोडफोडमा संलग्न व्यक्तिलाई कारबाही नभएसम्म र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको प्रत्याभूति नभएसम्म इमर्जेन्सीबाहेक अन्य सबै सेवा बन्द गरेको जनाएको छ।

२८ जेठमा गोकर्णेश्वर नगरपालिका, माकलबारीका ७१ वर्षीय सुवर्णकुमार धिताल पित्तथैलीको शल्यक्रिया लागि भर्ना भएका थिए।तर, धितालको ३० जेठमा उपचारको क्रममा मृत्यु भयो। तर, बिरामीको स्वास्थ्य अवस्था जटिल हुँदा पनि चिकित्सकले जानकारी नगराएको भन्दै मंगलबार बिरामीका आफन्तले आन्दोलन र तोडफोडमा उत्रिएका थिए।

धितालको मृत्युपछि उनका आफन्तले अस्पताल परिसरमा नाराजुलुस, हुलहज्जत गरी अस्पताले टोडफोड जस्ता अवाञ्छित क्रियाकलाप गरेको प्रशासनले जनाएको छ।

‘अस्पतालमा कार्यरत चिकित्सकीय सेवा प्रदायक चिकित्सक तथा अन्य कर्मचारीलाई कुटपटि गर्ने अप्रिय शब्द प्रयोग गरी अस्पताल सुचारु हुन नदिने काम भयो’ सूचनामा भनिएको छ, ‘तत्काल यस्ता अवाञ्छित तत्वहरुलाई नियन्त्रणमा लिई कारवाही हुन र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको प्रत्याभूति नभएसम्म यस अस्पतालको इमर्जेन्सीबाहेक सम्पूर्ण ओपीडी सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ।’

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ३१, २०८० १२:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid