April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

पाकिस्तानमा भारत खेल्न नगएपछि पूर्व कप्तान मियादादको कडा टिप्पणी, भन्छन्- भारत नगए केही फरक पर्दैन

  • साझा परिवेश
  • मङ्लबार, असार ५, २०८० १३:२३
पाकिस्तानमा भारत खेल्न नगएपछि पूर्व कप्तान मियादादको कडा टिप्पणी, भन्छन्- भारत नगए केही फरक पर्दैन

लाहोर। भारतले आउन अस्वीकार गरेर एसिया कपको हाइब्रिड मोडल बनाउनु पर्ने अवस्था बनेकोमा पाकिस्तानका पूर्व कप्तान जावेद मियादादले कडा टिप्पणी गरेका छन्।

उनले पाकिस्तानको क्रिकेट, भारतको भन्दा राम्रो रहेको भन्दै त्यहाँ आफूहरू नगए केही फरक नपर्ने बताएका छन्।

पाकिस्तान सन् २०१२ र २०१६ मा भारत गएको छ। अब उनीहरूको पाकिस्तान आउने पालो थियो। यदि मैले निर्णय गर्नुपर्ने थियो भने उनीहरू (भारत) यहाँ नआएसम्म म त्यहाँ कुनै पनि खेल खेल्न जाने थिइनँ, विश्वकप पनि। हामी उनीहरूसँग खेल्न सधैँ तयार भयौँ तर त्यही तरिकाले उनीहरूले व्यवहार देखाएनन्’, मियादादले भनेका छन्, ‘हाम्रो क्रिकेट उनीहरूको भन्दा राम्रो छ। हामी अझै पनि स्तरीय खेलाडीहरू उत्पादन गरिरहेका छौँ। हामी यदि भारत गएनौँ भने त्यसले कुनै फरक पार्छ जस्तो मलाई लाग्दैन।

पाकिस्तानमा हुने भनिएको एसिया कप भारतकै कारण दुई देशमा आयोजना हुँदै छ। भारतले आफ्ना खेलहरू श्रीलंकामा खेल्दै छ।

यसै वर्ष एकदिवशीय विश्वकप भारतले आयोजना गर्दै छ। भारत र पाकिस्तानले समूहगत चरणमै प्रतिस्पर्धा गर्दैछन्।

  • साझा परिवेश
  • मङ्लबार, असार ५, २०८० १३:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट