sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कसैको अस्वाभाविक सम्पत्ति देखिएमा करछलीको अनुसन्धान हुने

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १७:0५
कसैको अस्वाभाविक सम्पत्ति देखिएमा करछलीको अनुसन्धान हुने
  • अस्वाभाविक सम्पत्ति देखिएमा करछली सम्बन्धी विषयमा अनुसन्धान हुने
  • उक्त व्यक्तिमाथि करसम्बन्धी कसुर गरे – नगरेको यकिन गर्नुपर्ने
  • यकिन भइसकेपछि कर छलेको भए अनुसन्धान गरी कारबाही अघि बढ्ने

 काठमाडौं ।।

कुनै पनि नागरिकको स्रोत नखुलेको र अस्वाभाविक सम्पत्ति देखिएर अरु कसुर नभेटिएमा करछली सम्बन्धी विषयमा अनुसन्धान हुने भएको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को संशोधन विधेयकमाथिको छलफलका क्रममा संसदको कानून, न्याय तथा मानव अधिकार समितिले यस्तो परिकल्पना गरेको हो । समितिले तयार पारेको विधेयको मस्यौदा प्रतिवेदन अनुसार, अस्वभाविक सम्पत्ति भेटिएको तर कुनै कसुर नभेटिएको व्यक्तिको हकमा आय अनुगमन र करछलीको विषयमा अनुसन्धान गर्न आन्तरिक राजस्व विभागमा पठाउनुपर्ने व्यवस्था छ । त्यसरी प्रतिवेदन आएपछि विभागले उक्त व्यक्तिमाथि करसम्बन्धी कसुर गरे – नगरेको यकिन गर्नुपर्नेछ ।

यकिन भइसकेपछि कर छलेको भए अनुसन्धान गरी कारबाही अघि बढ्नेछ भने कर छलेको नभेटिएमा अस्वभाविक रुपमा देखिएको सम्पत्तिलाई त्यो वर्षको आय मानेर कर निर्धारण गर्नुपर्नेछ । कर निर्धारणका क्रममा उसलाई ‘आफूले कुनै कसुर गरी सम्पत्ति प्राप्त गरेको होइन’ भनी स्वघोषणा गर्न लगाउनुपर्ने उल्लेख छ । विधेयकमा यो व्यवस्था भने समितिमा दफावार छलफलपछि थपिएको हो । घोषणा गरेर कर बुझाइसकेपछि उसको सम्पत्ति बैध नै मानिन्छ, तर पछि कुनै कसुर गरेको फेला परेमा फेरि सम्पत्ति शुद्धीकरणको अभियोगमा अनुसन्धान हुने व्यवस्था मंगलबार पारित भएको प्रतिवेदनमा उल्लेख छ ।

 

 

 

 

 

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १७:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid