May 17, 2024 | शुक्रबार, जेष्ठ ४, २०८१
सुचनाहरु
फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का, पौडेल र मिश्र सचिवमा बढुवा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफुले बेचेर कांग्रेसलाई भन्नुभएछ – कांग्रेस सभापति देउवा सुनसरीको भोक्राहा अवैध लागूऔषधसहित दुइ जना पक्राउ नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत संसद बैठक चार बजेलाई सर्‍यो ; राष्ट्रियसभा बैठक पनि सारियो झापामा सुनजस्तो पहेँलो धातु देखाई सुन ठगी गर्ने एक युवक पक्राउ आईपीएल : आज सनराइजर्स र गुजरातबीच खेल हुँदै सुनको भाउमा नयाँ रेकर्ड राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची आज मदन-आश्रित स्मृति दिवस ४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने

कसैको अस्वाभाविक सम्पत्ति देखिएमा करछलीको अनुसन्धान हुने

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १७:0५
कसैको अस्वाभाविक सम्पत्ति देखिएमा करछलीको अनुसन्धान हुने
  • अस्वाभाविक सम्पत्ति देखिएमा करछली सम्बन्धी विषयमा अनुसन्धान हुने
  • उक्त व्यक्तिमाथि करसम्बन्धी कसुर गरे – नगरेको यकिन गर्नुपर्ने
  • यकिन भइसकेपछि कर छलेको भए अनुसन्धान गरी कारबाही अघि बढ्ने

 काठमाडौं ।।

कुनै पनि नागरिकको स्रोत नखुलेको र अस्वाभाविक सम्पत्ति देखिएर अरु कसुर नभेटिएमा करछली सम्बन्धी विषयमा अनुसन्धान हुने भएको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को संशोधन विधेयकमाथिको छलफलका क्रममा संसदको कानून, न्याय तथा मानव अधिकार समितिले यस्तो परिकल्पना गरेको हो । समितिले तयार पारेको विधेयको मस्यौदा प्रतिवेदन अनुसार, अस्वभाविक सम्पत्ति भेटिएको तर कुनै कसुर नभेटिएको व्यक्तिको हकमा आय अनुगमन र करछलीको विषयमा अनुसन्धान गर्न आन्तरिक राजस्व विभागमा पठाउनुपर्ने व्यवस्था छ । त्यसरी प्रतिवेदन आएपछि विभागले उक्त व्यक्तिमाथि करसम्बन्धी कसुर गरे – नगरेको यकिन गर्नुपर्नेछ ।

यकिन भइसकेपछि कर छलेको भए अनुसन्धान गरी कारबाही अघि बढ्नेछ भने कर छलेको नभेटिएमा अस्वभाविक रुपमा देखिएको सम्पत्तिलाई त्यो वर्षको आय मानेर कर निर्धारण गर्नुपर्नेछ । कर निर्धारणका क्रममा उसलाई ‘आफूले कुनै कसुर गरी सम्पत्ति प्राप्त गरेको होइन’ भनी स्वघोषणा गर्न लगाउनुपर्ने उल्लेख छ । विधेयकमा यो व्यवस्था भने समितिमा दफावार छलफलपछि थपिएको हो । घोषणा गरेर कर बुझाइसकेपछि उसको सम्पत्ति बैध नै मानिन्छ, तर पछि कुनै कसुर गरेको फेला परेमा फेरि सम्पत्ति शुद्धीकरणको अभियोगमा अनुसन्धान हुने व्यवस्था मंगलबार पारित भएको प्रतिवेदनमा उल्लेख छ ।

 

 

 

 

 

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १७:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट