sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बास्कोटा : मैले कालो झण्डा लिएर उभिनु नपरोस्

  • साझा परिवेश
  • मङ्लबार, असार ५, २०८० १५:२३
बास्कोटा : मैले कालो झण्डा लिएर उभिनु नपरोस्

काठमाडौं ।।

नेकपा एमालेका सांसद गोकुल बास्कोटाले कसैले लेखेर दिएको चिकर्टोको भरमा अर्थमन्त्रीले बजेट निर्माण गरेको आरोप लगाएका छन् । बास्कोटाले अर्थमन्त्रीलाई भने-

  • लेखेर कसैले यसमा बजेट छुट्याउनु भनेको भरमा बजेट निर्माण गर्ने ?
  • बजेट वितरण समन्यायिक भएन 
  • १२ वटा वडा भएकोमा १५  कसरी पुग्यो ?
  • मैले कालो झण्डा लिएर उभिनु नपरोस् : गोकुल

शहरी विकास मन्त्रालयको मन्त्रालयगत बजेटमाथि संसदमा भएको छलफलमा खर्च कटौतीको प्रस्ताव पेश गर्दै एमाले सांसद बास्कोटाले बजेटको समन्यायिक वितरण नभएको बताए । आफ्नो गृहजिल्ला काभ्रेको पनौती नगरपालिकामा हुँदै नभएको वडाका नाममा बजेट परेको उदाहरण पेश गर्दै उनले भने, ‘म तपाईलाई सोध्छु, पनौती नगरपालिकामा १२ वटा वडा छन् । १३ नम्बर वडा कहाँ पर्छ ? १४ नम्बर वडा कहाँ पर्छ ? १५ नम्बर वडा कहाँ पर्छ ?’

कसैले चुरोटको बट्टाको चिर्कटोमा लेखेर दिएअनुसार अर्थ मन्त्रालयले बजेट राख्दा यस्तो भएको उनले बताए । ‘कसले दियो त्यो चिर्कटो ?’ अर्थमन्त्री डा. प्रकाशशरण महत र शहरी विकासमन्त्री सीता गुरुङलाई उनले भने, ‘प्रकाश सपुतलाई सम्झिएर सोध्नुपर्ने भयो, यो आँखै खाने चश्मा तिम्लाई कसले किन्दियो ?

नगरकोट हिगुवा पाटी सडक कालोपत्रे गर्न ठिक्क परेको बेला अहिले १० लाख रुपैयाँ मात्र बजेट छुट्याएको भन्दै उनले असन्तुष्टि जनाए । आफ्नो रिसकै कारण बजेट काटिएको भए कांग्रेस, माओवादी वा अरु हिँड्न अर्को बाटो बनाउँँछ भनेर बास्कोटाले प्रश्न गरे ।

‘मैले ब्रिफकेस फुटाएको देखेको थिएँ यही सदनमा’, बास्कोटाले भने, ‘म चेतावनीको भाषामा विनम्रतापूर्वक भन्न चाहन्छु, मैले कालो झण्डा लिएर उभिनु नपरोस् ।’

  • साझा परिवेश
  • मङ्लबार, असार ५, २०८० १५:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid