November 24, 2024 | आइतवार, मंसिर ९, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

जसले दिनहुँ सूर्य नमस्कार गर्छ उसलाई व्यायामको आवश्यक पर्दैन

  • साझा परिवेश
  • बुधबार, असार ६, २०८० १३:१८
जसले दिनहुँ सूर्य नमस्कार गर्छ उसलाई व्यायामको आवश्यक पर्दैन

स्वस्थ शरीरका लागि योगका विभिन्न अभ्यास गर्नु लाभदायक हुन्छ ।

विभिन्न योगासनले शरीरका हरेक अंगमा अनुकूल प्रभाव पार्छ । यी आसनमध्ये सबैभन्दा प्रभावकारी र सर्वश्रेष्ठ भनेको सूर्य नमस्कार हो । सूर्य नमस्कारको लागी तल दिएका आसनहरु आवश्यक पर्छ ।

  1. सूर्य नमस्कार कहिले गर्ने ?
  2. सूर्य नमस्कार कसरी गर्ने ?
  3. प्रणामासन
  4. हस्त उत्तानासन
  5. पदहस्तासन
  6. अश्व सञ्चलनासन
  7. पर्वतासन
  8. अष्टाङ्ग नमस्कार
  9. भुजंगासन
  10. पर्वतासन
  11. अश्व सञ्चलनासन
  12. पदहस्तासन
  13. हस्तउत्तनासन
  14. प्रणामासन

सूर्य नमस्कारको शाब्दिक अर्थ सूर्यलाई अर्पण वा प्रार्थना गर्नु हो । यो एक प्रकारको शारीरिक क्रियाकलाप हो, जुन सूर्योदयको समयमा गरिन्छ । त्यसैले यसलाई सूर्य नमस्कार भनिएको हो । प्राचीनकालमा ऋषिमुनि र योगीहरुले सूर्यलाई भक्तिपूर्वक सम्मान गरेर पूजनीय व्यवहार गरे । फलस्वरुप वैदिक युगका मानिसहरु जीवनभर ऊर्जावान्, रोगमुक्त र गौरवशाली रहन्थे । तसर्थ, सूर्य नमस्कार एक योग अभ्यास मात्र होइन, एक पवित्र कार्य पनि मानिन्छ ।

सूर्य ऊर्जाको सबैभन्दा ठूलो स्रोत हो । त्यसैले सूर्य नमस्कार गरेपछि शरीरको हरेक अंगमा उर्जाको संचार हुन्छ । यसका १२ आसनहरुले अन्य योगासनको समान परिणाम दिन्छ । प्रत्येक सूर्य नमस्कार आसन आफैंमा एक शक्तिशाली योग मुद्रा हो, जसले शरीरको हरेक भागलाई सक्रिय गर्न सक्छ । त्यसैले यसलाई पूर्ण र उत्कृष्ट योगासन भनिएको छ । दैनिक केही समय सूर्य नमस्कार गर्नाले सकारात्मक ऊर्जा प्राप्त हुनुका साथै सम्पूर्ण शरीरलाई व्यायाम दिन्छ । सूर्य नमस्कार सबै वर्गका मानिसले गर्न सक्छन् ।

सूर्य नमस्कार कहिले गर्ने ?

सबै योगिक क्रियाकलापजस्तै बिहानको सूर्योदयको समय सूर्य नमस्कारको लागि उत्तम मानिन्छ । सूर्यको पहिलो किरण पर्दा सकारात्मक ऊर्जा प्राप्त हुन्छ । साथै यो व्यायाम गर्दा पेट पूर्ण रुपमा खाली हुनुपर्छ । सूर्य नमस्कार खुला हावामा र खाली ठाउँमा गर्नुपर्छ र अनुहार सूर्यको मुखमा हुनुपर्छ ।

सूर्य नमस्कार कसरी गर्ने ?

सूर्य नमस्कार १२ आसनको सहायताले गरिन्छ । यी सबै आसनका आ–आफ्नै फाइदा छन् । सही तरिकाले सूर्य नमस्कार गर्नाले मात्र राम्रो फल प्राप्त हुन्छ ।

१. प्रणामासन

प्रणामासन गर्नका लागि दुवै खुट्टा जोडिएको हुनुपर्छ र कम्मरलाई सिधा राख्नुपर्छ । अब दुवै हात जोडेर आफ्नो छातीको नजिक ल्याउने र नमस्कार गर्ने स्थितिमा आउने ।

२. हस्त उत्तानासन

दोस्रो आसन हस्त उत्तानासन हो । यस आसनमा गहिरो श्वास लिएर हात जोड्ने । ध्यान राख्नुपर्छ कि यस्तो अवस्थामा दुवै हातले कान छुनुपर्छ । अब कम्मरको तल्लो भागलाई सिधा राखेर शरीरको माथिल्लो भागलाई सकेसम्म पछाडि सार्ने प्रयास गर्ने ।

३. पदहस्तासन

यसरी श्वास छोड्दा दुवै हात भुईंमा राख्न प्रयास गर्ने । यस्तो अवस्थामा निधारले खुट्टाको घुँडा छुनुपर्छ । यदि तपाईं सुरु गर्दै हुनुहुन्छ र भुईंमा हात राख्न गाह्रो छ भने घुँडालाई हल्का झुकाएर यो आसन गर्न सकिन्छ ।

४. अश्व सञ्चलनासन

अब सास फेर्दा बायाँ खुट्टामा बस्दा दाहिने खुट्टालाई सकेसम्म पछाडि भुईंमा राख्नुहोस् । यस्तो अवस्थामा दायाँ खुट्टाको घुँडाले जमिन छुनुपर्छ । यो आसनमा रहँदा घाँटीबाट माथितिर हेर्नुहोस् ।

५. पर्वतासन

सूर्य नमस्कारको पाँचौं आसन पर्वतासनलाई चतुरंग दण्डासन पनि भनिन्छ । यस आसनमा सास छोड्दै बायाँ खुट्टालाई पनि पछाडि सार्नुहोस् । बायाँ र दायाँ खुट्टाको औंलासँँग समानान्तर आएपछि शरीरलाई बीचबाट उठाउने प्रयास गर्नुहोस् । यस समयमा हत्केला र औंलाहरु जमिनको छेउमा हुनुपर्छ । यो स्थितिमा हात र खट्टा सीधा रहनुपर्छ ।

६. अष्टाङ्ग नमस्कार

अब पर्वतासनबाट अष्टाङ्ग नमस्कार आउन पहिले गहिरो श्वास लिनुपर्छ । अब श्वास नछोडी दुवै घुँडा, छाती र चिउँडोले भुईंमा छुनुहोस् । यस आसनमा कम्मरलाई आकाशतिर उठाइन्छ । यो अवस्थामा सूर्यलाई नमस्कार गरेझैं गर्नुपर्छ ।

७. भुजंगासन

यस आसनका लागि सबैभन्दा पहिले पेट टेकेर सुत्नुहोस् । अब आफ्नो हातको सहायताले कम्मरको माथिल्लो भाग उठाउने प्रयास गर्नुहोस् । यो कार्य गर्दा विस्तारै सास फेर्नुस् र सकेसम्म आफ्नो टाउको आकाशतिर झुकाउनुहोस् ।

८. पर्वतासन

अब फेरि पर्वतासनमा आउनुहोस् । यसका लागि सास छोड्दा शरीरको बीचको भागलाई उठाउने प्रयास गर्नुहोस् । ध्यान राख्नुहोस् कि यो आसन गर्दा दुवै हात सिधा हुनुपर्छ र खुट्टाले जमिन छुनुपर्छ । साथै नाभीतर्फ हेर्ने प्रयास गर्नुहोस् ।

९. अश्व सञ्चलनासन

सूर्य नमस्कारको योग अभ्यासमा नवौं आसन अश्व सञ्चलनासन हो । जसलाई दण्डासन पनि भनिन्छ । यो आसन गर्ने सम्पूर्ण प्रक्रिया सूर्य नमस्कारको चौथो आसन जस्तै छ । बिस्तारै गहिरो श्वास लिएर, आफ्नो दाहिने खुट्टा अगाडि ल्याउनुहोस् र त्यसमा बस्नुहोस् । एकै समयमा बाँया खुट्टा सिधा राख्नुहोस् र घुँडालाई भुईंमा छुनुहोस् । यो आसन गर्दा शिर आकाशतिर उठेको हुनुपर्छ ।

१०. पदहस्तासन

दशौं आसन पदहस्तासन हो । यसमा सास छोड्दै बायाँ खुट्टालाई अगाडि ल्याउनुहोस् । अब भुईंमा हात छोएर खुट्टा सिधा गर्नुहोस् र घुँडाले निधार छुने प्रयास गर्नुहोस् ।

११. हस्तउत्तनासन

सूर्य नमस्कारको यो आसन सूर्य नमस्कार योगक्रियाको दोस्रो चरण जस्तै छ । सास फेर्दै सिधा उभिनुहोस् र त्यसपछि हात माथि उठाउनुहोस्, कम्मरलाई थोरै बाहिर धकेल्दा अलिकति पछाडि झुक्नुहोस् ।

१२. प्रणामासन

प्रणामासन सूर्य नमस्कारको अन्तिम आसन हो । सूर्य नमस्कारको पहिलो चरण जस्तै झुकेको मुद्रामा फर्कनुहोस् अर्थात् पूर्ण रुपमा सिधा उभिनुहोस् र दुवै हात जोडेर प्रार्थना मुद्रामा आउनुहोस् ।

सूर्य नमस्कारको अभ्यास गर्दा के फाइदा हुन्छ ?

सूर्य नमस्कारले दिमाग र शरीरलाई धेरै तरिकाले फाइदा पुर्याउँछ । यसको नियमित अभ्यासले शारीरिक र मानसिक ऊर्जा बढाउँछ । सोच्ने शक्ति र स्मरणशक्ति तिखो बनाउँछ । स्वास्थको दृष्टिकोणले हेर्ने हो भने सूर्यको किरणबाट आउने भिटामिन डीले हाम्रो शरीरको हड्डीलाई मजबुत बनाएर विभिन्न रोग लाग्नबाट बचाउँछ ।

  • सूर्य नमस्कारले शरीरमा रक्तसञ्चारमा सुधार गर्छ र शरीरमा रगतको प्रवाह छिटो हुन्छ, जसले रक्तचापको रोगमा आराम दिन्छ ।
  • सूर्य नमस्कारका सबै १२ चरणले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ र शरीरलाई संक्रमण वा रोगसँथ लड्न मद्दत गर्छ ।
  • शरीरका अतिरिक्त बोसो घटाई मोटोपन हटाउन सकिन्छ ।
  • पेटको मांसपेशी, श्वासप्रश्वास प्रणाली, मेरुदण्ड र अन्य आन्तरिक अंगहरुलाई उत्तेजित गर्छ ।
  • यसको नियमित अभ्यासले सकारात्मक भावनाको विकास हुन्छ ।
  • मानसिक तनाव, चिन्ता, अनिद्रा, क्रोध, चिडचिडाहट र डरबाट मुक्त हुन सकिन्छ ।
  • सूर्य नमस्कारको अभ्यास नियमित रुपमा गर्नाले शरीरको माथिल्लो भाग बलियो बनाई शरीरलाई लचिलो बनाउँछ ।
  • नियमित रुपमा यी अभ्यास गर्नाले हृदयरोग, उच्च रक्तचाप, न्यून रक्तचाप, मधुमेह, कब्जियतजस्ता समस्याको जोखिम कम गर्छ ।
  • महिलाहरुको प्रमुख शारीरिक समस्या जस्तै अनियमित महिनावारी, थकान, शरीर दुखाइ, हार्मोनल समस्यामा राहत प्रदान गर्छ ।
  • मनोवैज्ञानिक रुपमा यसले शरीर, श्वास र दिमागको अन्तरसम्बन्धलाई नियन्त्रण गर्छ ।
  • सूर्य नमस्कार गर्दा ध्यान दिनुपर्ने कुरा
  • सूर्य नमस्कार अभ्यास गर्नुअघि केही कुरामा ध्यान पुर्याउँनु आवश्यक छ । यसले सूर्य नमस्कारको हानिबाट बच्न सजिलो बनाउन सक्छ ।
  • सूर्य नमस्कार खाली पेटमा गर्नुपर्छ ।
  • यस अभ्यासअन्तर्गत गरिने प्रत्येक आसन राम्रोसँग गर्नुपर्छ र कुन आसन गर्दा, कहिले सास फेर्नुपर्छ र कुन समयमा सास छोड्नुपर्छ भन्ने थाहा पाउनुपर्छ ।
  • सूर्य नमस्कार उच्च रक्तचाप, मुटुरोग, हर्निया र मेरुदण्डको समस्या भएका र शल्यक्रिया गरेका व्यक्तिले गर्नुहुँदैन ।
  • गर्भवती महिलाले यो आसन गर्ने प्रयास गर्नु हुँदैन ।
  • महिलाहरुलाई महिनावारीको समयमा सूर्य नमस्कार नगर्न सल्लाह दिइन्छ ।

सूर्य नमस्कार एक पूर्ण योगासान हो । यदि कसैले सूर्य नमस्कार दिनहुँ गर्छ भने उसले कुनै अन्य व्यायाम वा योगासन गर्न आवश्यक छैन । सूर्य नमस्कार विशेषगरी व्यायाम गर्न धेरै समय दिन नसक्नेका लागि लाभदायक छ ।

सबै उमेर समूहका लागि सजिलो, सुविधाजनक र शरीरका सबै प्रमुख प्रणालीलाई फाइदा पुर्याउने यस्तो योगिक अभ्यास अरु कुनै छैन । हामीले सूर्य नमस्कार हाम्रो दैनिक दिनचर्याको रुपमा सुरु गर्नुपर्छ ।

 

  • साझा परिवेश
  • बुधबार, असार ६, २०८० १३:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्