May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

नेपाल–भारत संयुक्त आयोगको बैठक सुरु

  • साझा परिवेश
  • बिहिबार, पुस १९, २०८० १४:४0
नेपाल–भारत संयुक्त आयोगको बैठक सुरु

काठमाडौँ । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक सुरु भएको छ । बिहीबार राजधानीको होटल याक एण्ड यतिमा बैठक सुरु भएको हो । बैठकमा भारतको तर्फबाट विदेश मन्त्री एस जयशंकर र नेपालको तर्फबाट परराष्ट्र मन्त्री एनपी साउदले नेतृत्व गरिरहेका छन् ।

बैठकमा ऊर्जा, पर्यटन, नागरिक उड्डयन, क्रश बोर्डर लगायतका विषयमा छलफल चलिरहेको छ । आयोगको बैठकमा दुवै देशबिच रहेको वाणिज्य सन्धि पुनरावलोकन तथा संशोधन गर्न सम्बन्धित मन्त्रालयका सहसचिवस्तरीय समिति बनाउने विषयमा छलफल हुने बताइएको छ ।

नेपालले कृषिजन्य उत्पादनमा एक अर्का देशमा कर नलगाउने प्रावधान खारेज गरेर भारतको कृषिजन्य वस्तुको आयातमा कर लगाउन सक्ने प्रस्ताव गरेको बताइएको छ । त्यस्तै, बैठकमा भारतबाट नेपालमा आयात हुने कृषि उत्पादनका वस्तुहरूमा नेपालको तर्फबाट कस्टम ड्युटी लगाउन सक्ने प्रस्तावमा पनि छलफल हुने बताइएको छ ।

नेपाली उत्पादन निर्यातमा भारतले लगाएको कोटा प्रणालीलाई हटाउनुपर्ने प्रस्ताव पनि नेपालले गर्ने स्रोतले दाबी गरेको छ । त्यस्तै, ३० प्रतिशत मूल्य अभिवृद्धि भएका वस्तु मात्रै नेपालले भारतमा निर्यात गर्न पाउने विद्यमान व्यवस्था संशोधन गर्दै त्यसलाई २० प्रतिशत बनाउने प्रस्तावमाथि छलफल हुने बताइएको छ ।

भारतले जुट लगायतका सामग्रीमा लगाउँदै आएको ‘एन्टी डम्पिङ’ ड्युटी हटाउनु पर्ने प्रस्ताव पनि नेपालको तर्फबाट आउने भएको छ । नेपाल र भारतले एक–अर्काका गुणस्तरसम्बन्धी प्रमाणपत्रले मान्यता पाउनुपर्ने प्रस्तावमा पनि छलफल हुने बताइएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतकाअनुसार भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा जडान गरिएको इन्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस) सञ्चालनका लागि दुवै देशको प्राविधिक टोलीले छलफल गर्ने र त्यसको बैठकका लागि मिति तय गर्ने समेत हुनेछ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तेस्रो देशका एयरलाइन्सहरूका लागि भैरहवा, नेपालगन्ज र महेन्द्रनगर हुँदै नेपाल प्रवेश गर्न नयाँ एयर रुटका लागि पनि प्रस्ताव गरिने बताइएको छ ।

मन्त्रालयले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका विभिन्न सहरहरूमा सिधा उडानका लागि अनुमति दिने प्रस्ताव पनि गर्ने बताइएको छ भने नेपाल वायुसेवाको विमानलाई भैरहवाबाट दिल्ली र पोखराबाट दिल्लीसहित अन्य सहरहरूमा उडानका बारेमा पनि छलफल हुने बताइएको छ ।

त्यसैगरी, बुद्ध एयरलाई भारतका पटना, लखनउ, गया, देहरादुन लगायतका सहरमा सीधा हवाई उडानको अनुमति दिन समेत भारतलाई आग्रह गरिने बताइएको छ ।

यसअघि २०७७ माघ १ र २ गते भारतमा संयुक्त आयोगको बैठक बसेको थियो । तीन वर्षपछि नेपालमा आयोगको बैठक बसेको हो । नेपाल–भारतको बिचको सम्बन्ध विस्तार र विकास निर्माणका क्षेत्रमा यो आयोगलाई महत्त्वपूर्ण रूपमा लिइएको छ ।

  • साझा परिवेश
  • बिहिबार, पुस १९, २०८० १४:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।