May 16, 2024 | बिहिबार, जेष्ठ ३, २०८१
सुचनाहरु
फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का, पौडेल र मिश्र सचिवमा बढुवा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफुले बेचेर कांग्रेसलाई भन्नुभएछ – कांग्रेस सभापति देउवा सुनसरीको भोक्राहा अवैध लागूऔषधसहित दुइ जना पक्राउ नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत संसद बैठक चार बजेलाई सर्‍यो ; राष्ट्रियसभा बैठक पनि सारियो झापामा सुनजस्तो पहेँलो धातु देखाई सुन ठगी गर्ने एक युवक पक्राउ आईपीएल : आज सनराइजर्स र गुजरातबीच खेल हुँदै सुनको भाउमा नयाँ रेकर्ड राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची आज मदन-आश्रित स्मृति दिवस ४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने

काठमाडौं महानगरले लगायो प्लाष्टिकको प्रतिबन्ध

  • साझा परिवेश
  • बिहिबार, असार ७, २०८० १0:५0
काठमाडौं महानगरले लगायो प्लाष्टिकको प्रतिबन्ध

काठमाडौं ।।

काठमाडौं महानगरपालिकाले प्लाष्टिक प्रयोगमा निषेध लगाउने भएको छ । बुधबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमा सार्वजनिक गर्दै काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौं महानगरभित्र एकल प्रयोगका प्लाष्टिकको प्रयोग निषेध लगाउने घोषणा गरेका हुन् ।

  • काठमाडौंमा प्लाष्टिक प्रयोगमा निषेध
  • यो नियम साउन १ गतेबाट लागू हुने
  • उत्पादन , प्रयोग र बिक्री वितरणमा निषेध

४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला प्रयोगमा निषेध लगाउने महानगरको निर्णय २०८० साउन १ गतेबाट लागू हुनेछ । एकल प्रयोगकका प्लाष्टिकसँगै महानगरले प्लाष्टिकका फूलगुच्छा आयात, उत्पादन तथा बिक्री वितरणमा पनि रोक लगाउने भएको छ ।

वातावरणीय प्रभाव मूल्यांकनलाई ध्यानमा राख्दै महानगरमा प्लाष्टिकजन्य कुनै पनि वस्तुको उत्पादन , प्रयोग र बिक्री वितरणमा निषेध गर्ने निर्णय गरेको महानगरले जनाएको छ ।

त्यस्तै, महानगरका मेयर शाहले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सार्वजनिक स्थानमा धुम्रपानतथा सुर्तिजन्य पदार्थको सेवन र बिक्रीवितरणमा पूर्ण रुपमा रोक लगाउने उल्लखे गरिएको छ ।

  • साझा परिवेश
  • बिहिबार, असार ७, २०८० १0:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट