sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

१ करोड ६१ लाख लिएर अध्यक्षसहित ३ जना फरार

  • साझा परिवेश
  • शुक्रबार, असार ८, २०८० १२:0५
१ करोड ६१ लाख लिएर अध्यक्षसहित ३ जना फरार
  • राइजिङ अफ बचत तथा ऋण सहकारीका
  • २ जना पदाधिकारी पक्राउ
  • एक करोड ६१ लाख २० हजार रुपैयाँ ठगि
  • ४२ जना सदस्यले सहकारीका पदाधिकारीविरुद्ध दिए किटानी जाहेरी

काठमाडौं ।।

राइजिङ अफ बचत तथा ऋण सहकारी संस्थाका दुईजना पदाधिकारी पक्राउ परेका छन् । संस्थाबाट आफूहरुको एक करोड ६१ लाख २० हजार रुपैयाँ ठगिएको भन्दै ४२ जना सदस्यले सहकारीका पदाधिकारीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएपछि २ जना पदाधिकारी पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सहकारीको सञ्चालक समितिका उपाध्यक्ष ललितबहादुर खड्का र सचिव प्रियराज कार्की रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार सदस्यले दिएको उजुरीका आधारमा थप पाँच जना पदाधिकारी भने फरार रहेका छन् ।

प्रहरी वृत्त महाराजगञ्जमा परेको कटानी जाहेरीका आधारमा हाल सहकारीका अध्यक्ष हेमन्त खड्का, कोषाध्यक्ष मैया राई, सदस्य निराजन अधिकारी, सुरेन्द्र शाही ठकुरी र मनोहर अधिकारी फरार छन् ।

सहकारीले सुरुमा आकर्षक ब्याजको प्रलोभनमा पारी रकम संकलन गरेको पीडितहरुको भनाई छ । दुःख, सुख गरी जम्मा गरेको रकम पटक पटक फिर्ताको माग गर्दा पनि सहकारीले रकम फिर्ता नगरेको र सञ्चालकसँग सम्पर्क गर्न खोज्दा संस्थाका पदाधिकारी सम्पर्कमै नआएपछि जाहेरि दिन बाध्य भएको पीडितले प्रहरीमा दिएको जाहेरीमा भनिएको छ ।

प्रहरीले यो प्रकरणमा अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका बुझाएको काठमाडौं प्रहरीका एसपी सीताराम रिजाल बताएका छन् । हाल फरार रहेका पदाधिकारीको खोजीकार्य तिव्र पारिएको रिजालले बताएका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, असार ८, २०८० १२:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid