May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

एक घर एक घार अभियान

  • साझा परिवेश
  • शनिबार, असार ९, २०८० १२:१२
एक घर एक घार अभियान
  • घरघरमा मौरी पालन
  • औषधीय गुण भएको सिप्लिगानको व्यावसायिक खेती
  • ५०० रोपनी क्षेत्रफलमा सिल्लिगानका बिरुवा लगाउने
  • बाँदर लाग्ने जमिनमा पनि लगाउन सकिने
  • ‘एक घर एक घार कार्यक्रम’
  • मौरीपालनको हब बनाउने

 पोखरा ।।

कास्कीको रुपा गाउँपालिकाले औषधीय गुण भएको सिप्लिगानको व्यावसायिक खेती गरेर मोडल फार्म तयार गर्ने भएको छ । रुपा गाउँपालिकाले आगामी आर्थिक वर्षमा रुपाको कम्तीमा ५०० रोपनी क्षेत्रफलमा सिल्लिगानका बिरुवा लगाउने र यसलाई मोडल फार्मको रुपमा विकास गर्ने भएको हो ।

रुपा गाउँपालिकाले बाँदर लाग्ने जमिनमा पनि लगाउन सकिने, बहुउपयोगी र राम्रो मूल्य पनि पर्ने भएकाले सिप्लिगान खेतीको व्यावसायिक प्रारम्भ गरिने अध्यक्ष नवराज ओझाले बताए ।

सिप्लिकानको मोडल र्फमको विकास गर्न व्यावसायिक खेती गर्ने र बजारीकरणको व्यवस्था पनि पालिकाले नै गर्ने छ ।रुपा गाउँपालिकाले शुक्रबार एकै दिन ल्याएको नीति तथा कार्यक्रम र बजेटल कृषिलाई प्रमुख केन्द्रमा राखेको छ ।

गाउँपालिका अध्यक्ष नवराज ओझाले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि उपाध्यक्ष लालसुब्बा गुरुङले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेकी थिइन् । ‘गाउँपालिकाको साथः किसानको हात’ भन्ने नाराका साथ ‘एक घर एक घार कार्यक्रम’ बृहत्तर रुपमा सञ्चालन गरिने अध्यक्ष ओझाले बताए ।

रुपाले मौरीपालनको हब बनाउने र उत्पादित महको ब्रान्डिङ गरी न्यूनतम ८ हजार लिटर मह उत्पादन गर्ने लक्ष्य राखेको छ । रुपालाई महको हब बनाउने यो कार्यक्रमका लागि पालिकाले १ करोड २० लाख रुपैयाँ विनियोजन गरेको उपाध्यक्ष गुरुङले बजेटमार्फत प्रस्तुत गरिन् ।

मौरीपालनको हब बनाउने यो कार्यक्रमका लागि मात्र पालिकाको सिंगो बजेटको १२.७० प्रतिशत विनियोजन भएको हो ।रुपा गाउँपालिकाले ल्याएको कुल ४३ करोड २९ लाख ७७ हजार रुपैयाँको बजेटमध्ये ९ अर्ब ४४ करोड, लाख ७३ पुँजीगत छ । चालुतर्फ ३३ करोड ८५ लाख रुपैयाँ छ ।

रुपा गाउँपालिका अहिले पनि मह उत्पादनका हिसाबले सम्भावनाको क्षेत्र मानिन्छ । अहिले पनि रुपा गाउँपालिकामा करिब ५-६ सय लिटर मह उत्पादन हुँदै आएको छ । अब प्रत्येक घरमा मौरी पालनका लागि प्रोत्साहन गर्ने र कम्तीमा ८ हजार लिटर मह बिक्री गर्ने लक्ष्य राखिएको ओझाको भनाइ छ ।‍

गाउँपालिकाले पनि मायाको चिनो तथा कोसेलीका रुपमा अतिथिलाई मह दिन संस्कारको विकाससमेत गरेको छ ।रुपाले निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक एवम् प्रतिस्पर्धात्मक कृषि प्रणालीमा रुपान्तरण गर्ने नीति लिएको छ ।

व्यावसायिक कृषि तथा पशु सेवा विकासका लागि २ करोड १० लाख रुपैयाँ विनियोजन भएको छ ।

  • साझा परिवेश
  • शनिबार, असार ९, २०८० १२:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट