May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर

  • साझा परिवेश
  • आइतवार, बैशाख २३, २०८१ १४:0९
भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर

काठमाडौं- भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोट मोडको प्लाई कार्पेट कारखानामा आगलागी हुँदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा रामेछाप लिखु तामाकोशी गाउँपालिका-६ घर भई दुवाकोट बस्ने २३ वर्षीय बुद्धनारायण श्रेष्ठ र भारत बंगाल घर भई सोही कारखानामा काम गर्ने २९ वर्षीय मनु उर्वा रहेका छन् ।

घाइतेमध्ये उर्वाको अवस्था गम्भीर छ । उनलाई डा. इवामुरा अस्पतालबाट थप उपचारको लागि कीर्तिपुर अस्पताल लगिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । शनिबार मध्यराति १२ बजे सन्तोषमान श्रेष्ठले सञ्चालन गरेको ज्योति प्लाई कार्पेट कारखानामा आगलागी भएको थियो ।

खबर प्राप्त हुनासाथ खटिएको नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौं, भक्तपुर ललितपुर र काभ्रेबाट बोलाइएका सात वटा दमकल, चार वटा पानी ट्यांकर र स्थानीयको सहयोगमा आइतबार बिहान ४ बजे आगलागी नियन्त्रणमा लिइएको परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन कार्कीले बताए।

कारखानामा अझै पनि धुवाँ आइरहेकाले दमकल र एक्साभेटरको सहयोगमा निभाउने कार्य जारी रहेको उनले बताए । सो आगलागीमा १ करोड ८० लाख रुपैयाँ बराबरको क्षति भएको विवरण छ ।

  • साझा परिवेश
  • आइतवार, बैशाख २३, २०८१ १४:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।