May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
श्रममन्त्री अर्यालको सम्पत्ति : सुन १५० तोला, बैंकमा सवा २ करोड (विवरणसहित) गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ? प्रधानमन्त्रीको सम्पति कति छ, हेर्नुहोस् ! कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरू काे-काे पुगे कान्तिपुर कम्प्लेक्स ? ‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी

फेसियल हाउसको आयोजनामा भोटेकोशीमा र्याफ्टिङ

  • साझा परिवेश
  • आइतवार, असार १०, २०८० १२:२0
फेसियल हाउसको आयोजनामा भोटेकोशीमा र्याफ्टिङ

 

काठमाडौं ।

नेपालको अग्रणी व्युटि शैलुन फेसियल हाउसले भोटेकोशीमा र्याफ्टिङ कार्यक्रम सम्पन्न गरेको छ । फेसियल हाउसले कर्पोरेट मिडिया ग्रुपसँगको सहकार्यमा असार ०८ गते शुक्रबार र्याफ्टिङ कार्यक्रम सम्पन्न गरेको हो । फेसियल हाउसकी प्रबन्ध निर्देशक बरिष्ठ सौन्दर्यविद् सुस्मा महरा शाह, कर्पोरेट मिडियाका कार्यकारी अध्यक्ष उज्जवल जंग शाह, टेलिभिजन कार्यक्रम प्रस्तोता एवम् निर्देशक समेत रहेका कर्पोरेटका पूर्व सम्पादक सरोज ओझा, कर्पोरेटकर्मी, फेसियल हाउसका कर्मचारी, प्रशिक्षार्थी, लगायत करिब ४० जना र्याफ्टिङमा सहभागी थिए । ५ वटा डुङ्गामा सवार टोलीले सुकुटे स्थित भोटेकोशी खण्डमा करिब ६ किलोमिटर जलविहार गरेको थियो ।सो अवसरमा र्याफ्टिङ कार्यक्रम आयोजना गर्नुको उदेश्य ताजगी र साहसी खेलको मज्जा दिलाउनु रहेको जानकारी दिदै जलविहार सकुशल सम्पन्न भएकामा महराले खुशी व्यक्त गरिन ।त्यस्तै संचारकर्मीद्वय शाह र ओझाले वहावयुक्त भोटेकोशीमा आयोजित जलविहारबाट चरम आनन्द मिलेको प्रतिकृया दिए ।

फेसियल हाउसको काठमाडौंसहित देशका प्रमुख शहरमा शाखा कार्यालय रहेका छन् । काठमाडौं महलमा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसको सिटिसि मल, सुन्धारा, केएल टावर, चावहिल,पोखरा, सुर्खेत र धनगढी गरि कुल ७ शाखा कार्यालय रहेको छ ।

करिब तीनसय हाराहारीमा रोजगारी दिदैं आएकाे फेसियल हाउसले ब्युटिसम्बन्धी तालिम दिनुका साथै हेयर, फेस सम्बन्धी समस्या, मेकअप,माइक्रोब्लेडिङ, हेयर एक्सटेन्सन जस्ता थुपै सेवा प्रवाह गर्दै आएको छ ।

  • साझा परिवेश
  • आइतवार, असार १०, २०८० १२:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्