May 16, 2024 | बिहिबार, जेष्ठ ३, २०८१
सुचनाहरु
ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफुले बेचेर कांग्रेसलाई भन्नुभएछ – कांग्रेस सभापति देउवा सुनसरीको भोक्राहा अवैध लागूऔषधसहित दुइ जना पक्राउ नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत संसद बैठक चार बजेलाई सर्‍यो ; राष्ट्रियसभा बैठक पनि सारियो झापामा सुनजस्तो पहेँलो धातु देखाई सुन ठगी गर्ने एक युवक पक्राउ आईपीएल : आज सनराइजर्स र गुजरातबीच खेल हुँदै सुनको भाउमा नयाँ रेकर्ड राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची आज मदन-आश्रित स्मृति दिवस ४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा

हत्यारालाई कारवाहीको माग गर्दै सडक अवरुद्ध

  • साझा परिवेश
  • सोमवार, असार ११, २०८० १३:१९
हत्यारालाई कारवाहीको माग गर्दै सडक अवरुद्ध
  • मासु व्यवसायी कासिद अन्सारी मृत्यु प्रकरण
  • सडक अवरुद्ध गरेर प्रदर्शन
  • मासुको बाँकी रकम करिब ४० हजार रुपैयाँ लिन आउँदा
  • होटलमा कुटपिट गरी हत्या गरेको दाबी

विराटनगर ।।

मासु व्यवसायी कासिद अन्सारी मृत्यु प्रकरणको अनुसन्धानमा प्रहरीले चासो नदेखाएको भन्दै आफन्त र स्थानीयले रंगेली-विराटनगर सडक अवरुद्ध पारेका छन् । र्यापर गिरिश खतिवडाले सञ्चालन गरेको होटल जी क्याफे एण्ड विस्त्रोमा असार ३ गते घाइते भएका अन्सारीको सोही दिन उपचारका क्रममा मृत्यु भएको थियो ।

अन्सारीको मृत्युपछि आफन्तले गायक खतिवडा र होटलका दुई कर्मचारीविरुद्ध कर्तव्य ज्यान मुद्दाको जाहेरी दिएका थिए । प्रहरीले आरोपीलाई पक्राउ नगरेको भन्दै सोमबार आफन्त र स्थानीयले रंगेली विराटनगर सडक खण्डको कर्सिया बजार क्षेत्रमा सडक अवरुद्ध गरेर प्रदर्शन गरेका हुन् ।

असार ३ गते जी क्याफे एण्ड विस्त्रोमा मासु  पुर्याउन आएका अन्सारी होटलमा घाइते भएका थिए । सिसाले काटेर तिघ्रामा गहिरो चोट लागेपछि उनलाई कोशी अस्पताल हुँदै उपचारका लागि विराट नर्सिङहोम लगिएको थियो । नर्सिङहोममा उपचारका क्रममा सोही दिन उनको मृत्यु भएको थियो ।

रहस्यमय मृत्यु प्रकरणमा पीडित किटानी जाहेरी दिँदासमेत अनुसन्धान नगरेको आफन्तको गुनासो छ । मृतक अन्सारीका भाइ माजिद अन्सारीले मृत्यु भएको एकसाता वितिसक्दासमेत प्रहरीको आरोपीलाई पक्राउ नगरेको बताए । आफन्तले घटनाको निष्पक्ष छानबिनका लागि सीआईबीको टोली माग गरेका छन् ।

पीडित परिवारले गिरिश खतिवडासँगै क्याफेमा कार्यरत करण राजवंशी, अनुराग राउतविरुद्ध कर्तव्य ज्यान गरेको दाबीसहित किटानी जाहेरी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले घटनाको निष्पक्ष छानविन भइरहेको बताए । पोष्टमार्टम रिपोर्ट आइसकेपछि घटनाको विस्तृत विषय खुल्ने उनले बताए ।

प्रहरी स्रोतका अनुसार होटलमा लगाएको सिसामा ठोक्किंदा सिसाले मृतकको तिघ्रामा गहिरो चोट लागेको थियो । आफन्तले भने मासुको बाँकी रकम करिब ४० हजार रुपैयाँ लिन आउँदा होटलमा कुटपिट गरी हत्या गरेको दाबी गरिरहेका छन् ।

  • साझा परिवेश
  • सोमवार, असार ११, २०८० १३:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट