May 10, 2024 | शुक्रबार, बैशाख २८, २०८१
सुचनाहरु
अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने तीन जना पक्राउ बिद्यालय जान्छुभनी हिडेका अपकोस बेपत्ता परिवारद्वारा खोजिदिन अपिल गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको आधार भेटियो- काँग्रेस सचेतक रमेश लेखक कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा तोलामा २३ सयले बढ्यो सुनको मूल्य कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र एमालेले बोलायो संसदीय दलको बैठक दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ सङ्घीय संसद् अधिवेशन आजदेखि कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज आजको मौसमः कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा आज अक्षय तृतीया मनाइँदै जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त

पुलबाट मोटरसाइकल खस्दा १ जनाको मृत्यु

  • साझा परिवेश
  • मङ्लबार, असार १२, २०८० १२:५0
पुलबाट मोटरसाइकल खस्दा १ जनाको मृत्यु
  • मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
  • ३० वर्षीय मोटरसाइकल चालक दीपेश ढुङ्गेलको मृत्यु

जनकपुरधाम ।।

जनकपुर–जलेश्वर सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका ९ बस्ने ३० वर्षीय मोटरसाइकल चालक दीपेश ढुङ्गेल रहेका प्रहरीले जनाएको छ ।

ढुंगेलले चलाउँदै गरेको ज ८ प ६५३३ नम्बरको मोटरसाइकल आज मंगलबार बिहान जलेश्वर नगरपालिका ९ स्थित आगेपुरनजिक विगही पुलबाट करिब २० मिटर तल पानीमा खसेर दुर्घटना भएको हो ।

जलेश्वरबाट आउँदै गर्दा मोटरसाइकल दुर्घटना भएको र बिहान साढे ६ बजे मात्र स्थानीयबासिन्दाले मोटरसाइकल र शव देखेपछि जानकारी भएको महोत्तरीका डिएसपी दिलीप कुमार गिरीले जानकारी दिए ।

घट्नाको प्रकृति हेर्दा मोटरसाइकल पुलको पश्चिमी भागमा ठोकिएर तल खसेको हुन सक्ने प्रहरीको अनुमान छ । दुर्घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, असार १२, २०८० १२:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट