May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

मिटरव्याजीलाई हामी जनकारबाही गर्छौं : धर्मेन्द्र वास्तोला

  • साझा परिवेश
  • बिहिबार, असार १४, २०८० ११:३९
मिटरव्याजीलाई हामी जनकारबाही गर्छौं : धर्मेन्द्र वास्तोला
  • निरन्तरता दिने र मिटरव्याजीलाई जनकारबाही गर्ने
  • नेपालको सम्पत्ति शोषण गरेर विदेशमा जम्मा गर्ने प्रवृद्धि मौलाएको छ
  • मिटरव्याजीलाई हामी जनकारबाही गर्छौं
  • वित्तीय शोषण चरम अवस्थामा पुग्यो

सुर्खेत ।।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोलाले देशमा वित्तीय शोषण चरम अवस्थामा पुगेको बताएका छन् । आफनो पार्टीले लघुुवित्त संस्थाहरु बन्द गर्ने अभियानलाई निरन्तरता दिने र मिटरव्याजीलाई जनकारबाही गर्ने चेतावनीसमेत दिए ।

‘मिटरव्याजीलाई हामी जनकारबाही गर्छौं । त्यस्ता दलालहरु जहाँ भेटिन्छन्, त्यही कारबाही गछौं,’ बिहीबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘पुँजीपतिहरू मात्रै देशमा फस्टाइरहेका छन् । नेपालको सम्पत्ति शोषण गरेर विदेशमा जम्मा गर्ने प्रवृद्धि मौलाएको छ ।’

उनले देशमा ठूलो संकट आएको र यसको कारक दलाल पुँजीवादी सत्ता भएको बताए । संसदीय व्यवस्थाले देशलाई भ्रष्टाचारमा डुबाएको उनको आरोप छ । दलाल पुँजीवादी संसदीय व्यवस्थाको नीति नै शोषण गर्ने भएको र यो व्यवस्थालाई बदल्नका लागिक्रान्तिकारी कम्युनिस्ट पार्टीहरूबीच एकता भइरहेको प्रवक्ता बास्तोलाको भनाइ थियो ।

२०४६ यता संसदीय व्यवस्था स्थापना भएपछि उद्योग कलकारखाना बन्द भएको र विभिन्न भ्रष्टाचारका काण्डहरू फस्टाएको उनको आरोप छ । ‘संसदीय व्यवस्थामा राज्य संचालकहरु अपराधीकरणमा सामेल हुन्छन्, मिलेमत्तोमा ठुलठुला भ्रष्ट्राचार गर्छन्,’ उनले भने, ‘त्यस्कै एउटा उदहारण हो, भुटानी शरनार्थी प्रकरण । यस्ता उदाहरण धेरै छन् ।’

उनले ललिता निवास प्रकरणमा एमालेका केही ठूला नेता जोडिएको र तिनलाई पक्राउ नगर्ने निश्चित नभएसम्म संसद अवरोध गर्ने खेल चलिरहेको आरोप समेत लगाए । ‘ललिता निवास प्रकरणमा एमालेका केही ठूला नेताहरु जोडिएका छन् । ती नेताहरुलाई पक्राउ नगर्ने निश्चित नभएसम्म एमालेले संसद अवरोध गरिरहन्छ,’ उनले भने ।

उनले अहिलेको संसदीय व्यवस्था नयाँ बोतलमा पुरानै रक्सी हाले जस्तो बताए । देशमा गणतन्त्रको नाममा दलाल पुँजीपति गणतन्त्र आएको तर जनगणतन्त्र आउन नसकेको उनको ठहर छ । फरक प्रसंगमा प्रवक्ता बास्तोलाले आउँदो ८३ सालभित्र कर्णाली प्रदेशलाई शिक्षा र स्वास्थ्यमा निजीकरणमुक्त प्रदेश घोषणा गर्न प्रदेश सरकारसँग माग गर्ने बताए ।

‘सरकारी कर्मचारी, जनप्रतिनिधि र राजनीतिकर्मीहरुको लगानी भएका निजी विद्यालयहरू बन्द गर्न चरणबद्ध आन्दोलनका कार्यक्रमहरू गर्छौं,’ उनले भने ।

  • साझा परिवेश
  • बिहिबार, असार १४, २०८० ११:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट