April 11, 2025 | शुक्रबार, चैत्र २९, २०८१
सुचनाहरु
हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी 

वडाध्यक्षले नै अध्यक्षलाई गरे कुटपिट र गालीगलौज

  • साझा परिवेश
  • बिहिबार, असार २१, २०८० १४:३१
वडाध्यक्षले नै अध्यक्षलाई गरे कुटपिट र गालीगलौज
  • अध्यक्षमाथि कुटपिट र गालीगलौज गरेको आरोपमा वडाध्यक्ष पक्राउ ।
  • नेकपा एमालेले वडा कार्यालयमा तालाबन्दी गरेको थियो ।

पोखरा ।।

उपभोक्ता समिति अध्यक्षमाथि कुटपिट र गालीगलौज गरेको आरोपमा माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष राम गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

वडाध्यक्ष गुरुङ बुधबार साँझ आफैं प्रहरीमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार बिकले जानकारी दिए ।

‘उहाँ हिजो आफैं प्रहरी कार्यालयमा उपस्थित हुनुभयो । अहिले हाम्रो नियन्त्रणमा हुनुहुन्छ,’ डीएसपी विकले भने, ‘उहाँमाथि कानुनबमोजिम अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

’ माछापुच्छ्र्रे गाउँपालिका-८ का वडाध्यक्ष राम गुरुङले आइतबार आफूलाई कुटपिट गरेको खोराको मुख-उपल्लो इदिखोला माछापुच्छ्रे सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीले बताएका थिए ।

भण्डारीमाथि हातपात भएपछि मंगलरदेखि नेकपा एमालेले वडा कार्यालयमा तालाबन्दी गरेको थियो । बुधबार जाहेरी दर्ता गर्ने सहमतिपछि एमालेले तालबन्दी खोलेको छ ।

उक्त बाटो स्तरोन्नति गर्न पूर्वाधार विकास कार्यक्रमअन्तर्गत २१ लाख ५४ हजार रुपैयाँ बजेट परेको थियो । माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ र ८ जोड्ने उक्त सडक स्तरोन्नति गर्न वडा नं. ७ का अमृत भण्डारी गत चैत १४ गते अध्यक्ष चुनिएका थिए ।

  • साझा परिवेश
  • बिहिबार, असार २१, २०८० १४:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट