May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

१५ दिनको म्याद राखी कक्षा ११ मा छात्रवृत्ति निर्धारण गर्न महानगरको निर्देशन

  • साझा परिवेश
  • शुक्रबार, असार २२, २०८० ११:१0
१५ दिनको म्याद राखी कक्षा ११ मा छात्रवृत्ति निर्धारण गर्न महानगरको निर्देशन
  • महानगरले कक्षाा ११ मा छात्रवृत्ति कोटा निर्धारण गर्न शिक्षण संस्थाहरूलाई निर्देशन दिएको छ ।
  • असार मसान्तभित्र पठाउन शुक्रबार महानगरले निर्देशन दिएको हो ।

काठमाडौं ।।

काठमाडौं महानगरपालिकाले कक्षाा ११ मा छात्रवृत्ति कोटा निर्धारण गर्न शिक्षण संस्थाहरूलाई निर्देशन दिएको छ । शुक्रबार महानगरको शिक्षा विभागले एक सूचना जारी गर्दै कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरूलाई कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएको हो ।

महानगर अन्तर्गत सञ्चालित कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सबै शिक्षण संस्थाहरूलाई शैक्षिक सत्र २०७९-८०८० मा कक्षाा ११ मा भर्ना भएका विद्यार्थीहरूको संख्या असार मसान्तभित्र पठाउन शुक्रबार महानगरले निर्देशन दिएको हो । त्यस्तै, महानगरले विगतमा कक्षा ११ मा विद्यार्थी भर्ना गर्न शिक्षण संस्थाहरूले फरक फरक भर्ना तालिका तय गरेर छोटो अवधिको सूचना प्रकाशित गर्ने गर्नेको भन्दै यसवर्ष त्यसलाई सच्याउन भनेको छ ।

महानगरले देशका दूर्गम क्षेत्रबाट भर्नाका लागि काठमाडौं आउने विद्यार्थीहरूले आवेदन दिन सक्नेगरी एसईई नतिजा सार्वजनिक भएको मितिबाट कम्तिमा १५ दिनसम्म आवेदन दिनसक्ने गरी भर्ना कार्यक्रम तय गर्न शिक्षण संस्थालाई निर्देशन दिएको छ ।

विद्यार्थी भर्नासम्बन्धी 

छात्रवृत्ति कोटा निर्धारण गर्न

  • साझा परिवेश
  • शुक्रबार, असार २२, २०८० ११:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।