May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया कार्यलयबाटै पक्राउ श्रममन्त्री अर्यालको सम्पत्ति : सुन १५० तोला, बैंकमा सवा २ करोड (विवरणसहित) गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ? प्रधानमन्त्रीको सम्पति कति छ, हेर्नुहोस् ! कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरू काे-काे पुगे कान्तिपुर कम्प्लेक्स ? ‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने

८ बर्षीया बालिका सेफ्टी ट्यांकी भित्र डुबेपछि…..

  • साझा परिवेश
  • सोमवार, असार २५, २०८० १५:४0
८ बर्षीया बालिका सेफ्टी ट्यांकी भित्र डुबेपछि…..
  • मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर आठ बर्षीया एक बालिका गम्भीर घाइते
  • बीएण्डसी अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहे पनि अवस्था चिन्ताजनक 
  • घटनापछि उक्त क्षेत्रमा सुरक्षाको व्यवस्था कडा

मेचीनगर।।

मेचीनगर-१० धुलाबारीस्थित एक मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर आठ बर्षीया एक बालिका गम्भीर घाइते भएकी छिन् । धुलाबारीस्थित पूर्व-पश्चिम राजमार्ग उत्तर रहेको सानो साथी किन्डर गार्टेन (मन्टेश्वरी) को शौचालयको सेफ्टी ट्यांकीमा डुबेर मेचीनगर-१० ओम शान्तिकी मेरिना लिम्बु गम्भीर घाइते बनेकी हुन् । उनको अवस्था चिन्ताजनक छ भने विर्तामोडस्थित बीएण्डसी अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको छ।

आज दिउँसो साडे १२ बजे खाजा खाइसकेपछि बालिकालाई कोठामा नभेटिएको र खोजी गर्दा सेफ्टी ट्यांकीमा डुबेर बेहोसी अवस्थामा भेटिएको मन्टेश्वरीकी व्यवस्थापक अनिसा पोख्रेलले बताइन् । मन्टेश्वरीले सेफटी ट्यांकी सुरक्षामा गम्भीर लापारवाही गरेको देखिएको छ ।

सेफ्टी ट्यांकीमाथी मक्किएको प्लाइको टुक्रा मात्रै राखेर मन्टेश्वरीले दुर्घटना निम्त्याएको मेचीनगर-१० का वडाध्यक्ष नारायण खनालले बताए ।
‘ससाना नानीहरुलाई सिकाउने ठाउँमै यस्तो लापरवाही गरिएको छ, सेफ्टी ट्यांकी जस्तो कुरामा हेल्चेक्र्याई छ,’ उनले भने । २०७० सालमा स्थापना भएको यस मन्टेश्वरीमा अहिले ६३ जना नानीहरु अध्यनरत् छन् । पिजीदेखि कक्षा १ सम्म पढाइने उक्त मन्टेश्वरीका सञ्चालक मनोज गुरुङ हुन् । घटनापछि उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

  • साझा परिवेश
  • सोमवार, असार २५, २०८० १५:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्