May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

३१ जना यात्रु छुटेको थाहा भएको भए प्लेन रोकेर पनि लिएर जान्थें : प्रधानमन्त्री प्रचण्ड

  • साझा परिवेश
  • सोमवार, मंसिर १८, २०८० १0:२८
३१ जना यात्रु छुटेको थाहा भएको भए प्लेन रोकेर पनि लिएर जान्थें : प्रधानमन्त्री प्रचण्ड
  • १ जना यात्रु छुटेको विषय दुबई पुगेपछि मात्र थाहा पाएँ 
  • थाहा भएको भए म २ घण्टा छिटो ल्याउन दिने थिइनँ
  • जुन टाइम हो, त्यही टाइममा जान्थें

काठमाडौं ।।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना लागि उडान २ घण्टा अगाडि सार्दा ३१ जना यात्रु छुटेको विषय दुबई पुगेपछि मात्र थाहा पाएको बताएका छन् । प्रधानमन्त्री प्रचण्ड जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी हुन बुधबार राति नेपाल एयरलाइन्सको विमानबाट दुबई गएका थिए । उनको यात्राका लागि उडान २ घण्टा अगाडि सारेका कारण ३१ जना यात्रु छुटेका थिए । आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले यसबारे दुबई पुगेपछि मात्र थाहा पाएको बताए ।

उनले भने, ‘३१ जना यात्रु छुट्दैछन् भन्ने थाहा भएको भए म २ घण्टा छिटो ल्याउन दिने थिइनँ । जुन टाइम हो, त्यही टाइममा जान्थें।’ नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले आफ्नो फ्लाइटको टाइम मिलाएको भन्ने जानकारी आफूले पाएको उनले बताए । ‘मैले त क्यानले मिलायो भन्ने मात्र बुझें। उहाँ पुगिसकेपछि मात्र थाहा भयो कि मेरो कारणले २ घण्टा छिटो ल्याउन खोज्दा ३१ जना यात्रु छुटेका रहेछन्’ प्रपधानमन्त्री प्रचण्डले भने, ‘मैले साथीहरुलाई भने पनि, यो कुरा मलाई यहाँ थाहा भएको भए प्लेन रोकेर पनि लिएर जान्थें।’

 

  • साझा परिवेश
  • सोमवार, मंसिर १८, २०८० १0:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।